प्युठानको झिमरुकमा नेकपा छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेशको लहर जारी

अर्घाखाँचीडट्कम संवाददाता 
झिम्रुक, प्युठान  । राष्ट्रिय जनमोर्चाका प्रभावशाली जिल्ला नेता टीका बहादुर जिसिको प्रमुख आतिथ्यतामा सम्पन्न प्युठान जिल्लाको झिम्रुक गाउँपालिका वार्ड न. ८ झुङ्दीको एक कार्यक्रमकाविच नेकपा परित्याग गरि दर्जन भन्दा बढी नेता-कार्यकर्ता राजमोमा प्रवेश गरेका छन् ।
 प्रवेशगर्नेहरुमा टीकाबहादुर झाँक्री मधु भारती, हुमलाल गिरि, हरि भारती, अर्जुन सुनार सहित दर्जन बढि नेता कार्यक्रता रहेकाछन् ।यसै विच झुङदिमा हुमलाल झाँक्रीको अध्यक्षता र मधु भारतिको सचिबकत्वमा एक समिती समेत निर्माण भएको छ । 
त्यसैगरी झिमरुक गाउपालिका वडा न.२ वाँदिकोटबाट नेकपा छाडी बाबुराम सामत, हिमाल महतारा, श्रीराम सामत, सुरज जि सि, संदेश थापा पनि राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन। स्मरण रहोस केही दिन पहिले झिमरुक-३ र ८ वाट ठूलो संख्यामा नेकपा छाडी राष्ट्रिय जनमोर्चा प्रवेश गरेका थिए ।