संघीय संसद सचिवालयमा दर्ता गरिएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकले संविधानले प्रत्याभूत गरेको पूर्णप्रेस स्वतन्त्रतालाई खुम्चाउन खोजेको भन्दै पत्रकार संघ–संगठनले आपत्ति जनाएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले सरकारको कदम लोकतान्त्रिक नभइ पञ्चायतकालको जस्तो भएको भन्दै विधेयक तत्काल खारेज गर्नुपर्ने माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारिता पेसालाई असुरक्षित बनाउने उक्त विधेयक जस्ताको त्यस्तै लागू भए पत्रकारहरु आफ्नो पेसा छाडेर जानुपर्ने स्थिति आउने बताए । इमेजखबरमा समाचार छ ।