तराईका जिल्लासँग पहिले नै सडक सञ्जाल जोडिएका धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाहरु हिमाली जिल्लासँग पनि जोडिने क्रममा छन् । निर्माणधीन मध्यपहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके र तमोर काबेली करीडोरमार्फत् पहाडी र हिमाली जिल्लाको सम्पर्क जोडिन लागेको हो ।
भर्खरैमात्रै ट्रयाक खोल्ने काम पुरा भएका बहूद्देश्यीय मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके र तमोर काबेली करीडोरको स्तरोन्नतिको काम चलिरहेको छ । यी सडक निर्माण सम्पन्न नहुँदा हिमाली र पहाडी जिल्लाको आवतजावत निकै झन्झटिलो र घुमाउरो बनेको छ ।
पूर्वी पहाड र हिमालका जिल्ला आपसमा जोडिने गरी सडकको ट्रयाक खोल्ने काम भइसकेको छ । तर पनि स्तरोन्नति नहुँदा ससाना र प्राइभेट गाडि सञ्चालनमा आए पनि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणको दैनिकी कष्टकर हुने गरेको छ ।
पहाडि क्षेत्रबाट बढ्दै गएको बसाइसराइको दरलाई घटाउन सडकलगायतको विकासले सहयोग गर्ने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे बताउँछन् ।
अहिले मध्यपहाडी सडकको विभिन्न खण्डमा पिच गर्ने क्रम चलिरहेको छ । त्यसैगरी तमोर काबेली करीडोर ग्राबेलको क्रममा रहेको छ भने भेडेटार राजारानी रबिराके सडक खण्डको पिच सुरु भइसकेको छ । निर्माणाधीन यी सडक सम्पन्न भइसकेकेपछि आम जनतालाई सहजता त हुने नै छ त्यसमाथि पर्यटकहरुको आवतजावत पनि वृद्धि हुने विश्वास गरिएको छ ।
मध्यपहाडि राजमार्ग जोडिएका जिल्लामा चर्चित पर्यटकीयस्थल रहेकाले सडक सुविधाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हिले पर्यटन पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र बिष्ट बताउँछन् ।
यी आयोजना सम्पन्न भएपछि पहाडी जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई तराइसम्म पुर्याउन दुरी कम हुनेछ । त्यसैगरी भारतदेखि चीनको सिमाना जोड्ने सबैभन्दा छोटोमार्ग समेत रहेकाले यी सडकको निर्माणकार्यलाई अझ द्र्र्र्रूततर बनाउनुपर्ने देखिन्छ । इमेजखबरमा समाचार छ ।