भारतमा लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भाजपा अगाडि

news
भारतमा लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक मत परिणामले भारतमा फेरि पनि भारतीय जनता पार्टी (भाजपा) नै विजयी हुने देखिएको छ ।
पछिल्लो मत परिणाममा भाजपा नेतृत्वको गठबन्धनले १९८ सिटमा आफ्नो बलियो प्रभाव देखाएको छ भने कांग्रेस नेतृत्वको गठबन्धन ६३ सिटमा मात्र आफ्नो प्रभाव देखाउन सफल भएको छ । अन्य दल ६४ सिटमा प्रभाव जमाउन सफल देखिएका छन् ।
उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखण्ड लगायतका राज्यमा भाजपा गठबन्धनको प्रभाव बलियो देखिएको छ भने झारखण्ड, पञ्जाव लगायतमा राज्यमा कांग्रेस नेतृत्वको गठबन्धनले आफ्नो प्रभाव बढाएको प्रारम्भिक मतगणनामा देखिएको छ । 
केही स्थानको प्रारम्भिक मतगणना अझै आउन सकेको छैन ।
अन्तिम नतिजा केही घण्टापछि आउने अपेक्षा गरिएको छ । (एजेन्सी)