भारतमा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नरेन्द्र मोदीले जित हासिल गरेका छन् । उनी उत्तर प्रदेशको वाराणासीबाट चुनावी मैदानमा होमिएका थिए ।
प्रधानमन्त्री मोदीले आफ्नो प्रतिपक्षी दल समाजवादी पार्टीका उमेदवार शालिनी यादवलाई पराजित गरेका हुन् । उनले कुल ४ लाख ७९ हजार पाँच सय ५ मत ल्याएका छन् ।
निर्वाचनको मत परिणाममा भाजपाको बहुमतसहितको जित हुने आँकलन गरिरहँदा प्रधानमन्त्री मोदीलाई पुनः प्रधानमन्त्रीका रूपमा लिँदै आएको छ । एजेन्सी