आरोहणका क्रममा यो सिजनमा १८ जनाको मृत्यु

सगरमाथ र मकालु हिमाल चढ्ने क्रममा दुईजना आरोहीहरुको शुक्रबार मृत्यु भएको छ ।
शुक्रबार बिहान सगरमाथाको तेस्रो क्याम्पमा हिमालका चर्चित पथप्रदर्शक धुव्र बिष्ट र मकालुको दोस्रो क्याम्प आरोही निमा तिन्जे शेर्पाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ।
बिरामी भएका बिष्टलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास हुँदाहुँदै मृत्यु भएको हो। बिष्ट र शेर्पाको निधनसँगै यो सिजनमा आठ हजारभन्दा अग्ला हिमाल हिमाल चढ्ने क्रममा मृत्यु हुने आरोहीको संख्या १८ पुगेको छ।
विभागका अनुसार आठ जना सगरमाथा, चार मकालु, तीन कञ्चनजंघा र लोत्से, अन्नपूर्ण र चोयु आरोहणका क्रममा एक/एक जनाको मृत्यु भएको हो। देशसंचारमा समाचार छ ।