बम विस्फोटपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडा

आइतबार दिउँसो सुकेधारा र घट्टेकुलोमा बम विस्फोटपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
‘सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द घोषणा गर्नुअघि नै हामीले हुन सक्ने घटनाको विश्लेषण गरी सुरक्षा  व्यवस्था थप मजबुत बनाएका थियौं,’ महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेश थापा क्षेत्रीले भने।
डिआइजी क्षेत्रीले घटनापछि ३ वटै जिल्ला र महानगरीय अपराध महाशाखाका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइसकेका छन। बम विस्फोटपछि उपत्यकाको अवस्था सामान्य रूपमा फर्किसकेको काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिए।
बम विस्फोटपछि उपत्यकाको चोक चोकमा प्रहरी खटाइएको छ भने जाँचलाई कडा पारिएको छ। उपत्यका भित्रिने नाका र उपत्यकामा सादा पोशाकमा पनि प्रहरी खटाइएको छ। सेतोपाटीमा समाचार छ ।