काठमाडौंको कात्यायनीमा रहेको समाज कल्याण परिषद्को जग्गामा विवाद

news
काठमाडौंको कात्यायनीमा रहेको समाज कल्याण परिषद्को जग्गामा विवाद भएको छ ।
समाज कल्याण परिषद्ले ६ रोपनी जग्गामा भवन निर्माण गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका छन् ।
उनीहरुले परिषद्ले स्थानीय सरकार र स्थानीय बासिन्दासँग समन्वय नगरी भवन निर्माण गर्ने तयारी गरेको भन्दै विरोध जनाएका हुन् ।
सो जग्गामा भवन निर्माण गर्दा पानीका मुहान सुक्ने, त्यस क्षेत्रमा खुला ठाउँको अभाव हुने भएकाले कंक्रिट भवन बनाउन नदिने निर्णय गरेको स्थानीय सुरज भट्टराईले जानकारी दिए ।
स्थानीयवासीले भवन निर्माण गरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । इमेजखबरमा समाचार छ ।