प्रदेश नम्बर ३ को नामाकरणको सम्बन्धमा सरोकारवालाहरुबीच छलफल

news
प्रदेश नम्बर ३ को नामाकरणको सम्बन्धमा आज सरोकारवालाहरुबीच छलफल भएको छ ।
राजधानीमा गरिएको छलफलमा सांसद विशाल खड्काले गत वैशाख ३१ गते प्रदेश सचिवालयमा दर्ता गराएको प्रस्तावमाथि छलफल गरिएको थियो । वरिष्ठ पत्रकार, पूर्वमन्त्री, नागरिक अगुवाहरुलगायत सहभागी कार्यक्रममा प्रदेश ३ को नाम गौरीशंकर राख्नु उपयुक्त हुने सुझाव दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साझा पहिचान झल्किने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिए ।
सांसद खड्काले प्रस्तुत गरेको प्रस्तावमा धार्मिक एकता, सांस्कृतिक विविधता, नेपालको मानक समय र भौगोलिक पहिचानसमेत समेटिने भन्दै प्रदेशको नाम गौरीशंकर राख्नुपर्ने बताएका छन् ।
  इमेजखबरमा समाचार छ ।