पर्यटन पर्वद्धनमा रोल्पा – युद्ध पर्यटन विकासको कामले लियो गति (तस्बिर सहित)

  डिआरजी सुमन
रोल्पा, शनिवार २०७६ जेष्ठ १८ अर्घाखाँची डटकम् ।  नेपालको पर्यटन पर्वद्धनमा जुटेको रोल्पाले गुरिल्ला पदमार्ग निर्माण कार्यलाई अन्तिम तयारी दिई रहेको छ । नेपाल भ्रमण वर्ष सन २०२० लाई लक्षित गरी तयार गर्दै गरिएको वृत्तचित्रको निर्माण कै सिलसिलामा रोल्पाको ईरिवाँङ ओहमा रहेका विभिन्न स्थानमा ड्रोन र स्तरीय क्यामरावाट दृष्य लिने क्रममा जुटेका अमर पुन: ले भन्नु भयों रोल्पालाई पर्यटनको लागी प्रचुर संभावना वोकेको स्थान हो तसर्थ हामी यो कदम सुरु गर्नमा ढिलाई गर्नु हुदैन । साथी मिडिया प्रालीले तयार गर्दै गरेको वृत्तचित्रको यतिवेला रोल्पाभर नै सुटिग भई रहेको छ । लामो समयदेखी दक्षिण अमेरिकी मुलुक चिलीमा रहदै आउनु भएका अमर पुन: कै अध्यक्षतामा परिवर्तन गाँउ पालिका ६ ईरिवाँङ(ओह) मा पाँच सदस्यीय प्राकृतिक सम्पदा संरक्षण समिति नै गठन गरेका छन । 
परिवर्तन गाँउ पालका ६ ईरिवाँङ(ओह)को पहाडमा प्राचिन कालिन हस्तलिपिको अनुसन्धानको लागी पुगेको टोलीले ३५ भन्दा धेरै अक्षरमाथी अनुसन्धान सुरु गरेको छ । यस्तै नजिकै रहेको पृथ्वी गुफा र डवल झरनाको समेत अनुसन्धान भईरहेको छ । विभिन्न तवरले परिभाषित गरिने त्यो भीरमा रहेका हस्तलिपि रहस्यमय र खोजमुलक रहेका छन उक्त भीरमै वहुमुल्य वस्तु शिलाजीत समेत रहेको छ । पृथ्वी नारायण साहको ऐतिहासिक लड़ाईसँग जोड़िएको गुफाको १०३ मिटर लम्वाई र २४ मिटर उचाई रहेको प्रारम्भिक अनुसन्धान टोलीले जारी गरेको पत्रमा उल्लेख छ । वास्तवमा रहस्यमय विषय त के छ भने गुफाको ९० मिटर भित्र एक मिटर भन्दा अग्लो पर्खाल लगाईको कारण यो गुफा थप खोजमुलक रहेको परिवर्तन गाँउ पालिका ६ ईरिवाँङका वडा सदस्य भुपेन्द्र वुढाले वताउनु भएको छ । 
यस अनुसन्धानलाई थप प्रभावकारी वनाउने उद्देश्य स्वरुप स्थानीय समाजसेवी युवा अमर पुनको पहलमा पत्रकार डिआरजी सुमन, स्थानीय वौद्धीक व्याक्तित्व डम्वर वहादुर वुढा,युवा बिकास बुढ़ा, भूपेन्द्र वहादुर वुढा, अर्जुन वुढा गरी पाँच सदस्यीय टोलीले प्रारम्भिक अनुसन्धान गरिसकेपछि थप अनुसन्धानलाई प्रभावकारी वनाउने उद्देश्य स्वरुप संरक्षण समिति गठन गरी सकेको छ ।
तत्कालीन माओवादी युद्धको इतिहास जोडिएको शहीद मार्ग ( आधार ईलाका दाङ जिल्लाको घोराही देखी रोल्पाको होलेरी हुदै थवाँङ सम्म ) को मध्य विन्दुमा रहेको साविकको ईरिवाँङ १ ओहदेखी केही दुरीमा रहेको सुकिदह(माओवादी जनसेना केन्द्रीय शैन्य प्रशिक्षण केन्द्र) सम्म निर्माण गरिदै गरेको गुरिल्ला पदमार्ग यसै क्षेत्रमा निर्माण हुदै छ । उपराष्ट्रपति नन्द किसोर पुन: (पासाङ) र हाल प्रतिबन्धित कम्युनिस्ट नेता नेत्र विक्रम चन्द विप्लव जस्ता प्रभावशाली नेताको जन्मस्थान रहेको ईरिवाँङ पर्यटकीय तवरले थप प्रभावकारी वन्ने निश्चित नै छ ।
यता केही समय पहिला विद्यालय अतिक्रमण गरी वडा कार्यालय किन वनाईयो भन्ने समाचार आएको थियो वास्तविकता के हो ? भन्ने पत्रकार डिआरजी सुमनको जिज्ञाषामा वडा अध्यक्ष भावसिङ वुढा भन्छन यो ईरिवाँङ गावीसको क्षेत्रफल ठुलो भएकोले यसलाई परिवर्तन गाँउ पालिकाको ३ र ६ नं गरी दुई वडामा विभाजन गर्दा कार्यालय प्रयोजनको लागी उपयुक्त  स्थानको रुपमा छनौट गर्दा वरपर अरुकुनै भवन भाडामा लिनको लागी नभएको र यस स्थानवाट टाढा सार्दा जनतालाई टाढा हुने भएकोले विद्यालय व्यावस्थापन समितिको वैठकवाट निर्णय गरी भवन भाडामा लाईएको वताउनु भएको थियो । 
विद्यालय भवन अतिक्रमण गरी वडा कार्यालय वनाईयो भन्ने समाचार आएका छन तपाईहरुको मिलेमतोमै यस्तो गरिएको भन्ने प्रश्नको जवाफमा त्यो नियोजित समाचार हो हाम्रो नियत त्यस्तो होईन । हामी निकट समयमै आफ्नै भवन तयार गर्दैछौ तयार हुनासाथ हामी विद्यालय भवन पुर्व सहमति वमोजिम नै विद्यालयलाई नै फिर्ता गर्ने छौ अध्यक्ष बुढाको भनाई थियो । यस विषयमा थप जानकारी लिन अर्घाखाँची डटकम् व्युरो विद्यालय व्यावस्थापन समितीका अध्यक्ष कर्ण वहादुर वुढा लाई पनि भेटेरै प्रश्न गर्दा उनि भन्छन स्थानीय सरकार र विद्यालय व्यावस्थापन समितीकै सहमतिमा तीन वर्षको लागी भाडामा दिईएको हो । हामी विद्यालयको भबन निर्माण अन्तिम चरणमा पुराएका छौ ।  जुन समाचार वाहिर आएको छ त्यो भ्रमात्मक समाचार हो पत्रकारहरुले समाचार लेख्दा कसैको पनि पुर्वाग्रही तवरले नलेखी सत्य तथ्य वुझेर लेख्न आग्रह गर्दछौ वडा अध्यक्ष र विद्यालय व्यावस्थापन समिति अध्यक्ष दुवैको सामूहिक धारणा रहेको थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् 
(जानकारी : रोल्पाका विभिन्न स्थलमा लिईएका फोटो भिड्यो यथासंभव छिटो डटकमकै साईड र युट्वमा राखिने छ ।)