बुटवलमा जोडीनुहोस जिल्लासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

( प्रकासित मिती: २०७६ ज्येष्ठ १८, शनिवार)

मदन पोख्रेल 
बुटवल । जोडिनुहोस जिल्ला सँगको अन्तरक्रिया  कार्यक्रम एसियन पार्टी प्यालेस बुटवल, रुपन्देहीमा सम्पन्न भएको छ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य  टोपबहादुर रायमाझी , प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य , रामजी प्रसाद घिमिरे , जालपा भुसाल त्यसै गरि भुमिकास्थान न.पा प्रमुख रेशम थापा, पाणिनी गा.पा अध्यक्ष अच्युत गौतम , मालारानी गा.पा अध्यक्ष बालकृष्ण आचार्य , स.प्र.जि.अ बिष्णुराज बेल्बासेको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै स्वास्थ्यकर्मी , सरकारी कर्मचारी , सुरक्षाकर्मी, साहित्यकार, पत्रकार , बुद्धिजिवि, बिद्यार्थी लगायत अर्घाखाँचीबाट रुपन्देहीमा बसोबास गर्ने ब्यक्तिहरुको उपस्थिति उल्लेखनीय  रहेको थियो।
कार्यक्रम नया तरिकाले संचालन गरिएको थियो । नत कार्यक्रममा प्रमुख अथिती थिए न त बिशिस्ट अथिती नै मात्र कार्यक्रममा सवैजना सहभागीको रुपमा बस्नुभएको थियो। अथिती आसन ग्रहन तथा भाषण केही पनि थिएन । सहभागीहरु बस्नको लागि प्रत्येक कुर्चिमा नाम लेखिएको थियो। नाम अनुसार सम्पुर्ण ब्यक्तिहरु आफ्नो कुर्चिमा बस्नु भएको थियो।
कार्यक्रममा आफू रहेको ठाउबाट अर्घाखाँचीको बिकास र समृदिको लागि के पहल गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधि ज्युहरुले आफुले अर्घाखाँचीको बिकासको लागि गरेका हालसम्मका गतिविधि , अहिले गरिरहेका कामकारबाही तथा भावी योजनामा बारेमा बिचार राखेका थिए । बिचार पछि जनप्रतिनिधि ज्युहरुलाई सहभागी हरुले जिज्ञासा् तथा प्रस्न राख्नु भएको थियो। पछि सहभागिको जिज्ञासालाई सम्बन्धित ब्यक्तिहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमको उदेश्य सामाजिक अभियान्ता  तेजेन्द्र शमशेर पान्डेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अर्घाखाँचीका लोक तथा दोहोरी गायक वसन्त लम्सालले “मेरो प्यारो अर्घाखाँची” भन्ने गितबाट मनोरञ्जन गराउनु भएको थियो भने अन्य धेरै साहित्यतिक ब्यक्तिहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रम निरज आचार्य को संयोजन , मदन पोखरेल सुमनको संचालनमा भएको थियो ।