भिषण हावाहुरीका कारण कैलालीमा जनधनको क्षति भएको छ ।
२ जनाको मृत्यु भएको भने ७६ जना घाईते भएका छन । मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरका ५१ वर्षीय लहानु चौधरी र गोदावरी नगरपालिका ८ माझगाउँका वीरबहादुर चौधरी रहेका छन ।
कुखुराको खोरमा बसेका लहानुको हावाहुरीले खोरको भित्ता भत्किँदा मुत्यु भएको हो भने बिरबहादुरको हावाहुरी चलेका बेला मोटरसाइकल टिपरमा ठोक्किएर मृत्यु भएको हो ।
हावाहुरीबाट घाईते भएको मध्य थप उपचारका लागि २ जनालाई भारत र २ जनालाई नेपालगन्ज रीफर गरेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण कयौंको घरको जस्ता पाता उडाएको छ भने धेरैका पर्खाल भत्केका छन ।
यसैगरी बिभिन्न ठाउँ ठाउँमा विजुलीका पोल र रुखहरु ढलेर सडक र विद्युत अबुरुद्ध भएको प्रहरीले जनाएको छ ।
हावाहुरीसँगै आएको पानी अधिकाशंको घरमा पसेको स्थानीयले बताएका छन ।
नेपाल प्रहरीको संघीय ईकाई कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत हावाहुरीले क्षती पुगेको छ ।
कच्ची घरका पर्खाल, जस्तापाताका छत उडाएको प्रहरीले जनाएको छ । कति क्षती भएको भनेर पुर्ण विवरण आउन बाँकी रहेको प्रहरुीले जनाएको छ ।