एसईई परीक्षाको नतिजा आज प्रकाशित हुँदै ,एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक आज दिउँसो १ बजे ।

काठमाडौ –  राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष सञ्चालित एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा प्रकाशन गर्न बोर्डको बैठक डाकिएको छ । एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा बिहिबार प्रकाशन गर्ने गरी बैठक डाकिएको हो । गत वर्षको चैत १० बाट सञ्चालित एसईई परिक्षाको नतिजा प्रकाशनको लागि अन्तिम रुजु र क्रस चेकिङको काम बुधबार मात्र सकिएकाले नतिजा प्रकाशन हुने सम्भावना नदेखिएपछि बोर्डले बिहिबार नतिजा सार्वजनिक गर्न लागेको हो ।
 बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोर्याउन भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उनले भने । बुधबार मध्यान्हसम्म बोर्ड बैठक नडाकिएको र अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको अवस्थामा नतिजा प्रकाशन नहुने बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले बताएका थिए ।
परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयले हिँजै सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। सम्बन्धित निकायले नतिजा आउँदैछ प्रतिक्षा गर्नुहोस् भनिसक्यो ।
यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकाएको थियो । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए ।
 परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ ।
त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।