नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले खोला, पुल, सडक निर्माणका आयोजना ‘झोलामा थन्काउने’हरुलाई दिँदा विकास निर्माण हुन नसकेको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित अन्तरक्रियामा उनले कर्मचारीदेखि नेतासम्ममा कामै नगरी रातारात धनी बन्ने इच्छा भएसम्म समृद्धि नआउने बताए ।
भारत र चीन दुवै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्नसकेमात्र नेपालले लाभ लिनसक्ने भन्दै उनले विज्ञहरुसँग छलफल गरी प्रस्ट परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले सरकारले परराष्ट्र मन्त्रालयलाई पूर्णकार्यभार दिएर उचित वातावरण निर्माण गरिदिनुपर्ने बताए । इमेजखबरमा समाचार छ ।