काठमाडौँमा भुकम्पको धक्का महसुस

काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ ।
अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको हो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले   बताए। 
भूकम्प गएपछि मानिसहरू घरबाट बाहिर निस्केका थिए। 
२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पनहरू आइराखेका छन्।  – सेतोपाटी