इरानले युरेनियमको उत्पादन क्षमता बढाउने

इरानले युरेनियमको उत्पादन क्षमता बढाउने घोषणा गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराग़चीले पत्रकार सम्‍मेलनमा यस्तो घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।  मन्त्री अब्बासले भनेका छन्,’ सन् २०१५को परमाणू सम्झौताको तह युरेनियमको उत्पादनको सीमालाई तोड्ने गरेर बढाउनेछौं।’
उनले इरान अहिले पनि परमाणु सम्झौता कायम गर्न चाहेको तर युरोपियन देशहरुले आफ्नो प्रतिवद्धता तोडेको बताएका छन्।
उनले भनेका छन्, ‘इरानले उुरेनियमको उत्पादन बढाउँछ। यो केही घण्टामै ३.६७ प्रतिशतभन्दा धेरै हुनेछ।’
अमेरिकाले सन् २०१८मा एकतर्फी फेसला गर्दै उक्त सम्झौता तोडिदिएको थियो। यसपछि अमेरिकाले इरानमाथि थुप्रै प्रतिबन्ध समेत लगाएको थियो। तर इरानले मे महिनाबाट युरोनियम उत्पादन गर्न सुरु गरिसकेको छ।
युरोनियको प्रयोग ऊर्जा निकाल्न तथा रियक्टरोमा गर्नुका साथै परमाणु हतियार बनाउन समेत यसैको प्रयोग गर्ने गरिन्छ।सर्त अनुसार इरानसँग जति युरेनियम इरानसँग हुनु पर्ने हो त्‍यो भन्दा नि धेरै छ।
इरानले त्यतिबेला युरेनियमको घोषणा गरेको छ जतिबेला फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले इरानी राष्ट्रपति हसन रुानीसँग कुरा गरेर परमाणु सम्झौता उल्लंघन गरेको चिन्ता गरेको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘युरोपका देशहरुले यस्तो केही गर्नुपर्छ जसले परमाणु सम्झौता बच्न सक्छ।’
तर इरानले युरैनियम सम्बर्द्धन परमाणु हतियारको लागि बनाउँदै आएको कुरा भने अस्विकार गर्दै आएको छ। इरानले परमाणु सम्झौतामा बाकी हस्ताक्षरकर्ता देश चीन, फ्रान्स, जर्मनी, रुस तथा बेलायतलाई ६० दिनसम्‍म समयसीमा दिएको थियो। तर अमेरिकी प्रतिबन्धबाट बचाउने समय बितिसकेपछि उसले पुन: युरेनियम सम्बर्न गर्न सुरु गरेको घोषणा गरेको हो।
इरानले वाचा गरेको थियो की उसले आफ्नो युरेनियम भण्डार ९८ प्रतिशतसम्‍म घटेर ३०० किलोग्रामसम्‍म गर्नेछ। तर उसले जानीबुझी उक्त सम्झौतालाई तोड्ने फेसला गरेको छ।
परमाणु हतियार बनाउनको लागि युरेनियमको ९० प्रतिशतसम्‍म सर्वाधिक आवश्‍यकता पर्दछ। साथै २० प्रतिशत स्तरसम्‍म लैजान वास्तवमा उसको पाइला हो।
यस्तै इरानले यस्ता धेरै कुराहरु दाउमा राखेका छन्। २० प्रतिशतसम्‍मको स्तर प्रवर्द्धन गर्नु भनेको विश्‍वलाई यसबाट खतरा हुनु हो। यसका साथै युरोपियन देशका इरानीहरुलाई यो कुरा समर्थन गर्न धेरै नै अप्ठेरो आउन सक्छ।
जेसीपीओएको लाममो समयसम्‍म आफ्नो अन्तिम श्वास लिइरहेको बताइएको छ। लिहाजाको एक गम्भीर झट्काले यसलाई अनिश्‍ति परिणामलाई दूर गर्न सक्छ।
इरानले भने यो दबाबले राहत मिल्‍न सक्‍ने तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने जेसीपीओएलाई समाप्त पार्ने योजनामा छन्। देशान्तरमा समाचार छ ।