बुटवलमा अखिल छैठौं रुपन्देहीको बिरोध सभा सम्पन्न

टेकराज भुसाल (टेकु) बुटवल
२३ असार बुटवल! अखिल (छैठौं) रुपन्देहीले भारतबाट आउने तरकारी वा फलफूलमा बिषादि षरिक्षण स्थगित गर्ने सरकारले गरेको निर्णयको बिराेध गरेको छ ।
बिरोध सभालाई सम्बोधन गर्दै अखिल छैठौं केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंहले भारतबाट आउने तरकारी वा फलफूलमा बिषादि षरिक्षण स्थगित गर्ने सरकारको निर्णयले नेपाली नागरिकहरुको स्वास्थ्य माथि गम्भीर खेलबाड गरेको भन्दै, यो निर्णयलाई सच्चाउनु पर्ने बताउनु भयो। 
साथै सरकारले पहिला सहि निर्णय गर्ने तर पछि भारतिय साम्राज्यवादको इसारामा निर्णयहरु परिवर्तन गर्ने काम बारम्बार गरिरहेको छ, र यो सरकारले सधै राष्ट्रघाति कदम उठाएको अध्यक्ष सिहंले बताउनु भएको छ ।
उक्त बिरोध सभाको सञ्चालन जिल्ला सचिब सागर बेल्बासे गर्नुभएको थियो।