अर्घाखाँची जिल्लाको पछिल्लो परिस्थिती तथा विदेशमा अर्घाखाँचीबासीका गतिविधीका बारेमा अर्घाखाँची संपर्क समिती युएईका संरक्षक तथा समाजसेवी राजु खड्कासँग अर्घाखाँचीडट्कमले विषेश अन्तरवार्ता लिएको छ । आधुनिक शिक्षाको अभियान्ता समेत रहेका खड्काले अर्घाखाँचीको पर्यटन, यातायात सिन्डिकेट, शिक्षा, स्वास्थ्य, विदेशमा रहेका अर्घाखाँचीबासीहरुको बारेमा, आर्थिक वर्ष २०७६- ७७ बजेट, सार्वजनिक जग्गा अतिक्रमण लगायतका बिषयमा दिएको अन्तरवार्ता:-
१- तपाईं आधुनिक शिक्षाको अभियान्ता तथा अर्घाखाँची सम्पर्क समिती युएईका संस्थापक सोही अनुसार जिल्लाभरका विधालयहरुमा कम्प्युटर लगायतका आधुनिक शैक्षिक सामाग्री वितरण गर्नु भयो अहिले के-के हुँदैछ त्यो ?
-नेपाल सरकारले पाठ्यपुस्तकमा कम्प्युटर समाबेश गरे पनि स्कुलमा प्रबिधीका साधन बितरण नगरेको अवस्थामा जन्मिएको अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान निकै समय सान्दर्भिक थियो र हरेक स्कुलका सम्योजकहरुले निकै राम्रो गरेर सफलता पुर्वक सन्चालन गर्नु भएको थियो। हामिले हस्तान्तरण गरेका स्कुलहरु जुनमा ब्यबस्थापन उचित छ त्यहा सोचे भन्दा पनि राम्रो गरी चलिरहेका छन। यो अभियानको म त केबल एक पात्र मात्र हो तर साथीहरुको साथले उहाहरु आफ्नो स्कुलमा निकै राम्रो गर्नु भएको छ। मेरो अनुमानमा यो अभियान बाट बितरण भएका प्रबिधीका सामाग्रीहरुले बालबालिकालाई नयाँ माध्यम संचार गरेको छ। अहिले एस्तै अभियान भरी जिल्लाका कयौ स्कुलहरुमा चलिरहेको देख्दा निकै खुशी लागेको छ। अर्घाखाँची संपर्क समितीको कुरो गर्दा यो सस्था एउटा चौपारी हो जस्मा सबै जोडीने र आफु र आफ्नो समाजमा परिवर्तनको लागि हातेमालो र आबश्यकमा मलाम लगाउने काम निरन्तर गरिरहेको छ जस्को व्याख्या गरिरहन पर्दछ जस्तो लाग्दैन।
२- ईन्टरनेट नपुगेका विधालयहरुमा कम्प्युटर, शैक्षिक सामाग्री वितरण गर्नुभयो त्यो अभियानपछि केही परिवर्तन आयो कि विधालयले सदुप्रयोग गर्न सकेनन् ?
हामीले बालबालिकालाई ईन्टरनेट चलाऊन भनेर कहिल्यै पनि प्रबिधीका सामाग्री बितरण गरेनौ र यो हाम्रो उदेश्य भित्र पनि पर्दैन तर हामीले बिधाथीलाई बेसिक कम्प्युटर ज्ञान जस्ले प्रबिधीको महत्व र जानकारी होस भन्ने योजना राखेका थियौ। सो अनुरुप चलाएका स्कुलहरुमा अहिले पनि सो अभियान प्रभाबकारी बनेको छ। परिवर्तन त समय सँग हिडने छाया हो। समयको गती लाई र आधुनिक प्रबिधीलाई आत्मसमर्ण गर्ने हो भने सजिलै जीवनको मार्ग पहिल्याउन सकिन्छ। अर्घाखाँची आधुनिक शिक्षा अभियान पनि त्यही मार्गको एउटा पाइला हो जुन निरन्तर अघी बढीरहेको छ। स्कुल ब्यबस्थापना समिती र बिधाथीहरुले उचित रुपमा प्रयोग गरिरहेका छन भन्ने मा हामी विश्वास्त छौ।
तपाईंलाई (Motivational speaker) प्रेरक वक्ता रुपमा तल केही प्रश्न सोधौ:-
३- जिल्लामा स्थानिय, प्रदेश, संघिय निर्वाचन हुँदा जस्तो कि पर्यटन प्रवर्द्धन पैराग्लाइडिंग, चार वर्षभित्र बन्ने अर्घा भगवती विमानस्थल, अर्घा-खाँची केबुलकार, जिल्लाभर २,३ वर्षमा सडक पिच, विदेशिएका हजारौ अर्घाखाँचीका युवालाई जिल्लामा रोजगारका व्यवस्था मिलाउने, लोड शेडिंग पूर्ण रुपमा हटाउने, लगायत दर्जनौ मिठा – मिठा आश्वासन सुनेर नेताहरुका सराहना गरेको देखिन्थियो तर आजभोली असन्तुष्टी देखाउनु भएको छ किन ? अब के देख्नु भएको छ ?
– मैले मात्र हैन करिब ४ करोड नेपाली जनताले नेताको बोली माथि विश्वाश गर्ने गर्छन। मैले पनि साच्चै उनिहरुको भाषाण व्यबहारमा पारीणत हुन्छ कि भनेर हौशला को लागि चर्चा गरेकै हो तर त्यसो भएन। करिब ढेड बर्ष भित्र पुरा हुने भनेर २०७४ असार २० गते का दिन उदघाटन गरिएको अर्घा भगवती बिमानस्थल ३ बर्ष पुगिसक्दा २ पटक उदघाटन भईसक्दा समेत कुनै निचोडमा पुगेको छैन। तैपनी यसपाली ७०० मिटर लामो धावन मार्गको लागि टेन्डर पर्दैछ भन्ने खबरले केही आशा भने पलाएको छ। ५० हजार युवालाई रोजगारी भन्ने जुन विषय उठेको थियो त्यस्को बारेमा अहिले सबै मौन छन। करिब सबा दुई लाख जनसख्या भएको जिल्ला भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ हजार ४ सय जना रोजगार पाए त्यो बाहेक कुनै त्यस्तो बिकासका योजना बाट रोजगार पाएको मलाई जानकारी छैन। लोडसेडिङ नभाको जिल्ला भने पनि बिजुली कती बेला जान्छ कती बेला आउछ त्यो पत्तो समेत बिद्युत अफिसलाई छैन भने यो बिषयमा कुरो नगरेकै बेस। केबुलकार, पैराग्लाइडिंग, कालो बाटो भन्ने बिकासको गती सँगै बढने काम हुन तर यहाँ त जिल्ला भित्रबाट नै बसाइ सराइ गर्ने काम तिब्र भएको बेला बिकास कुन बोटमा लागेको छ भनेर प्रस्ट हुनै गार्है छ।
४- सन्धिखर्कमा बन्दै गरेको ४० लाखको ४ तला भ्यू टावरको बारेमा के हो तपाईंको असन्तुष्टी? सन्धिखर्क चुत्रावेशी बजारबाट करिब १ किलोमिटर नजिक कुरको डाडाँमा बनेको भ्यूटावर भन्दा डाँडोबाटै बजार सफासँग देख्न सकिन्छ भन्ने थियो नि ?
बर्तमान अवस्थामा भिउ टावरको कुरो मुखमा लाउने माड छैन ।। लाउने के हो के भने जस्तो हो। सन्धिखर्क चुत्राबेसी बजार देख्न त पहिला बजार आकर्षण हुनुपर्यो नै हैन र? ढल बिना को सडक, ब्यक्तीका महलहरु हेर्न मात्र के को भिउ टावर नि। एतिहासिक सम्रचना, बजार ब्यबस्थापना, खोला नाला को सम्रक्षण पनि हुनुपर्यो नि हैन र? ४० लाख खर्च गर्दै बन्न लागेको भिउ टावरको खर्चले जिल्ला भित्रको स्वास्थ्य र शिक्षालाई सुधार र स्तरउन्न्ती गर्न गरिन्थ्यो तर त्यस्मा प्रतिनिधिहरु नजर गएन। बिकासमा पूर्वधारहरु निर्माण कार्य सँगइ ब्यबस्थापनामा पनि भर पर्छ र उचित ब्यबस्थापनाको लागि शिक्षा अपरिहार्य हो। मेरो बिषय प्रत्येक बर्ष एउटा योजना जो प्रयटकिय हिसाबले पूर्णता पाउने गरी बनोस भन्ने लक्ष्य राखेर गरेको भए अहिले एउटा योजना पुण हुन्थ्यो तर एकै बर्ष ४० लाख शान्ती बगैचा र ४० लाख भिउ टावरलाई छुट्टाएर बजेट सक्ने मात्र काम भयो तर एउटाले पनि पूर्णता पाएन भन्ने मेरो बिषय हो। योजना राखे पछी फत्ते हुनुपर्छ तब सार्थकता पाउदछ।
५- अर्घाखाँचीमा पछिल्लो समय जीप दुर्घट्ना बढेको देखिन्छ, प्रहरी प्रशासनका सर्वदलिय बैठकमा पुराना गाडी ह्टाउने, अगाडिको सितमा युवती वा क्षमता भन्दा बढी बोक्नेलाई कारबाही गर्ने जस्ता दर्जनौ नियम लगाएको देखिन्छ तर अवस्या उस्तै छ, अब के हुनुपर्छ, के सल्लाह दिनुहुन्छ ?
करिब १३ बर्ष पहिला अर्घाखाँची भित्रिएका महेन्द्रका जिपहरु अहिले पनि १३ जनाको सिटमा २०,२५ जना राखेर पहाड अनी लेखहरु चढने गर्दछन तैपनी गाउँ पस्न साथ ट्राफिक पोस्टहरु नहुनुको कारण धेरै जसो दुर्घटना हुने गरेको पछील्लो अध्ययन ले प्रस्ट पार्दछ। रुटमा पयाप्त साधन नहुनु को कारण यात्रुको चाप बढनु, सुरक्षा नहुँदा नहुँदै पनि बस्नु र जनता पनि आँफै सजक नहुनुको कारण नै एस्ता घटनाहरुको क्रम बढनु हो। कानुन एक आधार हो पालना दुई पक्षले नै गर्नुपर्छ तर लोभिहरुले चढाउन् छाडेडन र अल्छीहरु हिडन खोजेनन। जनतामा मन देखीको खरो बिरोध हुन परो। दुई चार दिन मोटर नचढेर के हुन्छ र जब सम्म आवश्यकताको हिसाब ले साधन र उचित मापदन्ड् अनुरुपको कानुन बन्दैन तब सम्म मौन बस्नु हुँदैन।
६-लगभग ३ महिना अगाडि नुवाकोटको लात्तेबाजमा देउराली यातायात समितीको जीप दुर्घट्ना हुँदा कयौको ज्यान गयो, घाइतेको अवस्था अहिलेसम्म उस्तै छ, यसको कारण पुरानो जीप र क्षमताभन्दा बढी थियो भनिएको थियो । ज्यानमारा सवारीसाधन हटाउन पर्छ भनेर स्थानियले आवाज उठाउदै आएका देखिन्छ, के पुराना ज्यानमारा सवारीसाधन हटाउन र जीपहरुले यात्रु र सामानको बढी भाडा उठाउने समस्याको समाधान के छ ? के गर्नु पर्छ ?
लात्तेबाजमाको घटना त एउटा उदाहरण मात्र हो। जिल्लामा दिनहु जसो दुर्घटना हुने गरेका छन। एस्मा चालकको मुख्य भूमिका देखिन्छ भने कही कतै मेसनरी चिजलाई पनि दोस लगाउने गरिन्छ तर मेरो माने मेसिनरी चिजको उचित रेखादेख गर्ने हो भने अपबाद बाहेक अन्य घटना न्युन हुन्छनकी भन्ने लाग्दछ। एउटा घटना मात्र हैन अहिले सम्म कै सबै भन्दा ठुलो घटना जगत पल्टिएको बस थियो भने त्यस पछी ठुलो घटना त्रिशुलीमा खसेको बसको हो जस्को क्षति पुर्ती समेत अहिले सम्म अर्घाखाँचीका जनताले पाएका छैनन। घाईतेको उपचार खर्च र सिधै सिधा समितीले लिउनु पर्ने हो। सुने अनुसार देउराली समितीमा करोडौ रुपैया छ तर त्यो कुन खर्चको लागि हो र के का लागि हो त भन्ने प्रश्न सबैको मनमा छ। एदी घटनाहरु घटदा घाईते र मिर्तकको परिवारको रेखादेख गरिदैन र सो कार्यलाई प्रशासनले हेर्दैन् भने सस्था दर्ता भएको के को लागि हो त भन्ने प्रशन पनि उठन सक्छ। हुनत अहिले सरकारको योजना अनुसार देउराली यातायात पनि दर्ता हुँदैछ भन्ने सुनिएको छ आशा गरौ राम्रो होला। तर त्यो भन्दा पहिला जनताको माग र एथार्थ अनुसार पुराना गाडीहरु पनि तुरुन्त हटाउन र मन पारी भाडा उठाउन सबै पक्ष लाग्नु पर्ने देखिन्छ। एस्को लागि एउटा समिती बनाएर फलोअफको रुपमा जानकारी लिने र कार्यप्रगती प्रस्तुत गर्ने काम गरे मात्र सफल हुनेछ।
७-नेपालमा आर्थिक उदारीकरणको कार्यान्वयनसँगै कानुनी रूपमा सिन्डिकेट अन्त्य भएको २७ वर्ष पूरा भएको छ, सवारी तथा यातायात सिन्डिकेट अन्त्य भएको भनेतापनि अर्घाखाँचीमा देउराली यातायात, पश्चिमाञ्चल यातायात व्यवसायी समितिको एकाधिकार उस्तै छ, सुपा देउरालीमा जीप दुर्घट्नापछि र नुवाकोटको दुर्घट्नालाई लिएर पुराना ज्यानमारा जीप हटाउनुपर्छ भनेर एक जना स्थानियको भनाई प्रकासित गरेको समाचारलाई लिएर देउराली यातायातले प्रतिवाद गरेको देखियो ? सर्वासाधारणले आफ्नो भनाई राख्न नपाईने हो ? पुराना जीप बस ज्यानमारा हुन् कि होइेनन् ?
– मेले बुझे अनुसार जनतालाई सिन्डिकेट भन्ने गएको बर्ष मात्र जानकारी भएको हो। तर जे होस् केही त जनताले बुझे। हो तपाईंले भने जस्तै देउराली यातायात, पश्चिमाञ्चल यातायात व्यवसायी समितिको एकाधिकार छ। तर पछील्लो समयमा आएको लन्का यातायात ले र ट्याक्सी समितीले केही फरक भने पारेकै हो। दुर्घटना पछी एथार्थलाई संचारमा लिउनु गलत हैन र एस्तो कार्य रोक्न खोज्ने, जनताको आवाजमा ताला लगाउन खोज्ने नै कानुनन दायरामा लिउनु पर्छ। पुरा समय अबधी भन्दा बढी चल्ने सवारि साधन, सर्भिसिङ नभएका साधनहरुलाई तुरुन्त बन्द गराउनु पर्दछ। मेरो सुझाब त प्रत्यक बर्ष नबिकरण गर्दा र नयाँ साधन जिल्ला मा भित्रता आधुनिक तबर बाट चेक् जाच गराएर मात्र गर्नुपर्दछ।
८- अर्घाखाँचीमा देउराली यातायात, पश्चिमाञ्चल यातायात व्यवसायी समितिको एकाधिकार उस्तै छ, समितिको नाममा दादागिरी राजले हैकम जमाइरहेको छ, जिल्लाबासी यसको चपेटामा परेका छन् । अब के हुनुपर्छ ? तपाईंको सुझाव के हुन्छ ?
– अर्घाखाँचीमा देउराली यातायात, पश्चिमाञ्चल यातायात व्यवसायी समितिले दिनहु बडिरहेका घटनाहरुबाट पुराना गाडी हटाउने र अनुभब प्राप्त चालकलाई मात्र स्विक्रित दिनु पर्छ। साथै बेलाबेला चेतना मुलक कार्यक्रमहरु, गाडी पुग्ने गन्तब्यमा र बिच बिच गाडीको कन्डिसन बुझ्न्को लागि संपर्क स्थान को ब्यबस्था गर्नु पर्छ। यि दुई समितीले यात्राुको सुरक्षाको पुरा जिम्मेवारि लिनु पर्दछ भने प्रशासनबाट पनि बेला बेलामा रेखदेख गर्नु पर्दछ।
९- जिल्लामा ६ वता गाउँ र नगर पालिकाको वार्षिक वजेट आयो र गत वर्ष खर्च विवरण हेर्दा नसुहाउदो खालको अपुष्ट विवरण देखिन्छ । जस्तो कि सन्धिखर्क नगरपालिकामा हेर्दा ट्याक्टर २, टिपर १, जेसिबी १, दमकल १, मोटरसाइकल ५, स्कुटर १ लगायत छन् । टिपर, दमकल र जेसिबी प्रयोग आएका छैनन् भन्दा हुन्छ तर इन्धन खर्च लगभग १३ लाख खर्च भएको देखियो ? यस्तो खर्च विवरण सबै पालिकाकाको हरेक खर्च विवरणमा देखिन्छ जुन पत्त्याउन गार्हो पर्छ ? यसमा के छ तपाईंको टिप्पणी ?
२०७४ असार १६ गते जिल्लाका ३ नगरपालिकाले ३ मेयर अनी ३ गाउपालिकाले ३ अध्यक्ष संगै अर्बोको बजेट पनि पायो। घर दैलोमा सिंहदरबार पुग्ने आशामा जनताहरु थिए। तर बजेट त सार्वजनिक गरियो तर काम गर्ने क्षमता र बिना उदेश्यमा योजना मात्रले मुर्त रुप नपाउदा ४० प्रतिशत मात्र खर्च हुन पुग्यो बाँकी सबै ६० प्रतिशत फ्रीज भयो। एदी योजना बनाएर समय सापक्षका उदेश्य हरु राखिन्थ्यो भने अबश्य काम पुरा हुन्थे जस्तो मलाई लाग्छ। जिल्लाको सदरमुकाम हुँदा सन्धिखर्क माथि सबैको नजर त पर्यो तर प्रतिफल भने सोचे जस्तो आएन। केही देखाउने काम बाहेक अन्य आधारभुत आवश्यकताहरु माथि मध्यनजर नगरे कै हुन। बिना पानी दौडने दमकल, ब्यक्तीगत कामको लागि प्रयोग गरिने सबारी साधनहरुले पछील्लो समय चर्चा पाएकै हो त्यती मात्र हैन आपसी सम्झौतामा कर्मचारी भर्ती र कार्यकर्तालाई मात्र दिईने तालिमले सन्धिखर्क नगरपालिका चर्चा मै रहेको छ। कहिले केबुलकारको हल्ला गर्ने, कहिले स्मार्ट सिटीको खल्लो कुरा गर्ने प्रतिनिधिहरु प्राय मजाकका पात्र बनेका छन। सरकारी सम्पत्ती भन्दा पनि ब्यक्तिगत टिपर जेसीभिहरु प्रयोग गर्ने काम बढदो भएको आम जनताको दुखेसो छ। खर्च विवरणमा सानो प्रतिक्षालय बनाउदा ५ लाख लागेको, भवन वरीपरी फुल लगाउदा ६० हजार लागेको जस्तो घटनाले कही न कही तल माथि भएको प्रस्ट पार्दछ। तर अब यसरी मौन रहने हो भने अहिले को बर्षको लागि छुट्टाईेको करोडौ रुपैया पनि बालुवामा पानी जस्तै हुनेछ।
१०-अर्घाखाँचीमा जिल्ला अस्पतालको अवस्था दयनिय छ, त्यो माथि विशेषज्ञ चिकित्सक नहुँदा दैनिक जसो सामान्य विरामीहरु पनि बाहिर रिफर गरिएको देखिन्छ ? यसको अन्त्यको लागि के कस्तो छ तपाईंको सुझाव ?
जिल्ला को सबै भन्दा ठुलो समस्या एहा निर छ। २ लाख भन्दा बढी जनसख्या भएको जिल्ला भित्र सामान्य सिटामोल त जीवनजल को बाहेक अन्य उपचार हुन कठिन छ। ३० सैया को अस्पातल भने पनि भित्र अस्त ब्यस्त छ। मैले २ बर्ष पहिला हेर्न जादा बिमारि हरु भेटन जादा भुईमै बेड लगाएर सुतेको देख्दा सहयोगको अपिल गर्दै मैले स्वयम २ थान र अन्य साथीहरु बाट ८ थान गरेर १० वटा बेड सहयोग गरेको थिए। अर्को बर्ष छुट्टी जादा बिमारि अक्सिजन र नोजलाइसन गर्दा गर्दै लाइन गयो अनी सोलर राखौ भनेर ३ लाख सहयोग हस्तान्तरण गरेको थिए। मलाई सधैं स्वास्थ्य र शिक्षा बढी चिन्ता लाग्छ किनकी यो दुई नै मानब जीवनका अपरिहार्य आवश्यकता हुन। तर जिल्ला अस्पातल ले पनि आफ्नो क्षमता भन्दा के नै गरोस् र। हाम्रा प्रतिनिधी ले चासो नै देखाउदैनन। बरु पोहोर ५० सैया को अस्पातलको बजेत परेको थियो त्यही पनि जिल्ला भित्र कै चलखेल मा अन्य जिल्ला मा पठाएँ भन्ने हस्पिटल कै कर्मचारीको गुनासो थियो। एही असार सम्म बलड बैंक राख्छु भन्ने मेयर पनि चुपछाप छन। मैले भनेको थिए तपाईंहरुले नगरे हामी रेडक्रस सँग सहकार्य गरेर राख्छौ भन्दा हुन्छ हुन्छ भन्दै कुरो उछिने म पनि होला भनेर चुप्प लागे तर अहिले सम्म केही सुर सार छैन। विश्व स्वास्थ्य संघ ले प्रत्येक् ८०० नागरिक बराबर एउटा डाक्टर चाहिन्छ भन्छ तर जिल्ला का २ लाख भन्दा बढी जनता २,३ जना ले धानेका छन तर कोही नेताले न त एस्लाई बिस्तार को कुरो गर्छ न त सुधारको। कि त गर कि जनता लाई गर्न दिन परो। करोडौ बजेट अलिकती जिल्ला अस्पातल लाई पनि छुट्टाएर आधुनिक बनाउन म अनुरोध गर्दछु। यो बिषयलाई म अहिले छुट्टी मा जादा गहिरो गरेर पस्किने छु हेरौ केही उपलब्धी निस्कला भन्ने आशा गरेको छु।
११- सन्धिखर्कको बागीखोला लगायत जिल्लाका कयौ सार्वजनिक जग्गा अतिक्रमण भएका छन् यसमा के छ तपाईंको टिप्पणी ?
२०५२ सालमा हामी स्कुल जादा बागी खोला अहिले को जिप ब्यबसायीको अफिस देखी खाने पानी को कार्यालय मा आउथो, घोचे खोला भद्री खोला वारपार भएर बग्थे, म आँफै पनि स्कुल जादा कती पटक बगेको थिए। तर ति खोला अहिले त जे सि भि लगाएर कुलो जत्रो भएका छन। एस्तै गरेर सयौ रोपनी जग्गा भु माफियाले चुर्लुम्म पारे। अरु त परै जाओस ११३ रोपनी को शान्ती बगैचा छु रोपनी मा झारे तर कोही नेता कोही सरकार वाला न त सरकारी कर्मचारी नै बोल्दैनन। अर्घा मन्दिर मा रहेको हजारौ रोपनी जग्गा कहाँ गयो? नरपानीको जंगल कसरी ब्यक्तीको नाम मा भयो? सबै प्रश्न नै प्रश्न छन तर जनताले चासो देखाएर र कर्मचारीले आफ्नो धर्म पुरा गरे केही त हुन्थो कि खै। एस्तै हो भने एक सार्वजनिक ठाउँ नै भेटन टुकी बाल्नु पर्नेछ।
१२- विदेशमा रहेका अर्घाखाँचीबासीको समग्र अवस्था कस्तो छ ?
अर्घाखाँची जिल्ला प्रशासनको पछील्लो जानकारी अनुसार दिनहु नयाँ ५ देखी ७ सम्म राहदानी बन्ने गरेका छन। पछील्लो समयमा अनुमानित रोजगारी तथा बिभिन्न उदेश्यले अन्य देश गएका करिब २० हजार युवा युवतीहरु रहेको बुझिएको छ। यसरी देश बाहिर जाने युवा युवतीहरु प्राय जसो बाहिर गएर जिल्ला स्तरिय सस्था बनाइ आबद्द हुने गरेका छन। गत बर्ष देखी घरलु काम मा जाने नेपाली महिलाहरु आफ्नो देश फर्कन नपाउदा पिडा नै पिडा खेपीरहेका छन भने केही मात्रमा भिजिट भिसा मा आएर फसेकाहरु पनि छन। समग्रमा भन्दा जिल्लाको नाम बाट खोलिएका सस्थाका कारण धेरैलाई जोडने काम र मानबिय सहयोगमा राहत पुगेको मैले महसुस गरेको छु।
बाँकी केही भन्नु छ ?
भौगोलिक बनावटले सजिएको हाम्रो जिल्ला, एतिहासिक स्थलले भरिपूर्ण भएको हाम्रो जिल्ला एक लाइनमा भन्दा उन्नतीको लागि सम्भावना नै सम्भावना भएको अर्घाखाँची जिल्ला एकता र ईच्छाशक्ती नहुनुको कारण पछी परिरहेको छ। आधार बिना निर्माण गरिएको धेरै संरचनाहरु लथालिङ छन। हाम्रो जिल्लालाई सजाउने हो भने देश कै नमुना बन्न सक्ने मैले महसुस गरेको छु। त्यसका लागि जिल्लाका सबै पाणिनी तपोभुमी, देउराली मन्दिर, २२ तले गुफा, डमरू ताल जस्ता स्थानहरुलाई पहिला सजाउन र ब्यबस्था गर्न जरुरी छ। त्यस्को साथ साथै प्राबिधिक बिधालय, उपचारको लागि अली ब्यबस्थित अस्पातल हुन अती जरुरी छ्। एही दुई चिजको कमी हुनाले अहिले जिल्ला भित्रको बस्ती बिस्तारै पातलिदै गएको अनुमान पछील्लो २,३ बर्षमा जमिन को भाउ नबढनु बाटअनुमान गर्न सकिन्छ। बिकासको खाचो त छदै छ तर एस्को मतलब बिना ढलको सडक, बिना योजनाको निर्माण र बिना ब्यबस्थापनाको नयाँ नियम को भने जरुरत छैन। जिल्ला ले अनुशासन सहितको बिकास खोजेको छ र एही बाट नै दिर्गकालिन बिकासको बाटो शुरु हुन्छ।
हरेक सामुदायिक काममा जनता नेता र कर्मचारीको बराबर सहभागीता हुन जरुरी छ। चुनावको बेला बोलेका कुराहरु के कसरी गर्छन्, गरे कि गरेनन, कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरोमा जनता चासो दिन जरुरी छ्। मेरो मामा, मेरो अंकल भनेर नेताहरुको हरु अन्ध भक्त नबनौ। काम को आधारमा हौशला र कारबाहीको मापन गरौ। बुझै अहिले पनि केही भएन भने हाम्रो सन्तान पनि हामी जस्तै लाहुरे हुन वाध्य हुनेछन। त्यसैले बर्तमान सुखको लागि हैन दिर्गकालिन सहुलिएत को लागि सोचेर समाज उन्नतीको लागि एक हौ।