निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ११, १० जना बेपत्ता

निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १० जना बेपत्ता छन्। दिउँसो  ३ बजेसम्मको अपडेटअनुसार काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्कँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
ललितपुरको बागमती गाउँपालिकामा पहिरोले घर थिच्दा एक बालकको ज्यान गएको छ।  काभ्रेमा पनि पहिरोले घर थिच्दा दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।
सिन्धुली, पर्सा, ललितपुर, धादिङ र रामेछापमा एक/एक जनाको ज्यान गएको छ। खोटाङमा तीन जना बेपत्ता छन्। मोरङ, सुनसरी, महोत्तरी, पाँचथर र काठमाडौंमा एक एक जना बेपत्ता छन्। देशभरका घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ। देशान्तरमा समाचार छ ।