गुल्मीको सत्यवतीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १०, दुईजना बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या दश पुगेको छ । पहिरोमा परेर एकै घरका ८ जनाको मृत्यु भएको छ ।
अविरल बर्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा मृत्यु हुनेको संख्या दश पुगेको हो ।
दुई जना बेपत्ता छन् । जिल्लाको सत्यवति गाउँपालिका का २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा ६५ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक १२ वर्षिया अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक र हिमान्सु बिक रहेका छन् ।
सोही परिवारका एक जना वालक मावली घरमा गएकाले जिबितै रहेका छन् ।
news
त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोमा पुरिएर ३२ वर्षिया तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको हो ।
उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाउँदा ४० वर्षिया मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ ।
गएरातिदेखि परेको अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।
उद्धारका लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटनास्थलल पुगेका छन् ।
ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् ।
उनीहरुलाई स्थानीय बिद्यालयमा राखिएको छ । प्रहरीसँगै उपचारका लागि स्वास्थ्यको टोली पनि घटनास्थल पुगेको छ । इमेजखबरमा समाचार छ ।