विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबार क्षेत्रमा रहेको सम्पदाको पुनर्निर्माण भइरहेको छ ।
चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले सात तले दरबार तथा वरिपरीका सम्पदा पुनर्निर्माण थालेको हो । नुवाकोट दरबार क्षेत्रभित्रको सात तले दरबार, गारद घर, रंगमहल, बहादुर शाहको बैठक कक्षलगायत दरबार क्षेत्रभित्र रहेको विष्णु र नारायण मन्दिरको पुनर्निर्माण थालिएको दरबार हेरचाह कार्यालयका विक्रमप्रसाद पुष्पहालले बताए ।
२०७२ साल वैशाखमा गएको भूकम्पले दरबारलगायतका सम्पदामा क्षति पुगेको थियो । विनाशकारी भूकम्पले दरबार क्षतिग्रस्त बनाएपछि चीन सरकारले गत २०७२ साल साउन महिनामा मर्मत गर्ने प्रतिबद्धता जनाएको थियो । पटक