तेजेन्द्र पाण्डेय
आमाबाबु छोराछोरीको पहिलो गुरु मात्र हैनन् भविष्यका असली मार्गदर्शक पनि हुन् । छोराछोरीले सानै उमेरदेखी के सिक्ने र कस्तो सिक्ने भन्ने कुरा उनीहरुको आमाबाबुमा पुर्ण निर्भर रहन्छ । छोराछोरीको शुरुवाती सिकाइको क्रमदेखी भविष्यका महत्त्वपूर्ण निर्णयमा आमाबाबुको अहम् भुमिका रहन्छ । त्यसैगरी परिवारमा आमाबाबु सँगै अन्य सदस्यहरुले समेत आभावकत्वको भुमिका निर्वाह गरेको पाइन्छ । परिवार एउटा शुरुवाती र सत्कर्म सिकाउने थलो पनि हो । आमाबाबु बिच भएको हरेक राम्रो र नराम्रो ब्यवहारको प्रत्यक्ष असर छोराछोरीमा पनि पर्दछ । सानै उमेर देखी नै छोराछोरि प्रती आमाबाबुको ब्यबहार उचित नभएमा भविष्यमा छोराछोरीमा अनेक समस्या देखा पर्दछ । छोराछोरीलाई शिक्षा, संस्कार सहित अन्य ब्यबहारिक ज्ञान सिकाउने प्रमुख दायित्व अभिभावककै हो । हरेक कार्यमा छोराछोरी सोधेर उनिहरुको मनोभावना बुझेर आमाबाबु वा अभिभावकले निर्णय गर्नु पर्दछ । शिक्षाको सन्दर्भमा कुरा गर्दा छोराछोरीको उच्च शिक्षा अध्ययनमा प्राय आमाबाबुले आफै निर्णय गर्ने गरेको पाइन्छ ,जुन गलत हो ।
हरेक आमाबाबुले बिर्सनै नहुने कुरा त यो छ कि छोराछोरीको स्वास्थ ,शिक्षा ,हेरचार, खानपान जति महत्वपूर्ण छ उत्तीकै महत्वपूर्ण छ उनिहरुको इच्छा ।
इच्छा अर्थात् भविष्यमा के बन्ने र त्यसका लागी के पढ्ने भन्ने जस्ता सवाल । मनोबिद्हरुका अनुसार प्राय अभिभावकहरु आफ्ना बच्चाबच्ची प्रती उनिहरुले गर्ने निर्णयमा धेरै चिन्तित हुन्छन् । चिन्तित यस अर्थमा कि छोराछोरीले गरेको निर्णय परिपक्क नहुने र त्यसले उनिहरुको भविष्यमा असर गर्न सक्ने भन्ने अभिभावकको बुझाइले । छोराछोरी प्रती अभिभावकको चिन्तालाइ मनोबिदहरु स्वभाविक र आबश्यक नै ठान्दछन् तर त्यस्तो चिन्तामा अभिभावक स्वयम् कति जानकार र प्रष्ट छन् भन्ने विषय पुनह छोराछोरिकै भविष्य सँग केन्द्रीत रहन्छ । उच्च शिक्षा अध्ययन गराउने शैक्षिक सस्थाका सञ्चालक र शिक्षक, प्राध्यापकको अनुभव लिने हो भने पनि प्राय बाबुआमाले आफ्नै इच्छा बमोजिम छोराछोरिलाइ उच्च शिक्षा अध्ययन गराउन खोजेको पाइन्छ । मनोबिद तथा बालमनोबीज्ञका अनुसार आमाबाबुको यो कदम छोराछोरीको लागी घातक नै हो । त्यती मात्र हैन आमाबाबुलाइ नै यो आफ्नै काम दुर्भाग्य हुन सक्छ ।
धेरै आर्थिक लगानी,राम्रो शिक्षाका लागी दौडधुप र बर्सौको सपना बमोजिम बाबुआमाले छोराछोरिलाइ राम्रो सस्थामा राम्रै क्षेत्रको बिसय पठनपठान गराउनु कसरी दुर्भाग्य हुन्छ त रु यो विषयमा अभिभावक मात्र हैन विद्यार्थी र सरोकारवाला समेत प्रष्ट हुनु जरुरी छ । अझ मनोबिद्हरुले त आमाबाबुको यस्तो निर्णयले देशको विकास प्रक्रिया र राज्य सन्चालनमा सम्म धक्का दिएको तर्क गर्दछन् ।
एउटा आमाबाबुले आफ्नो छोराछोरिको सुन्दर भविस्यको लागी निर्णय गर्दा राज्य सञ्चालनमा नै धक्का पुग्ने स्थिती सिर्जित कसरी हुन्छ त ? त्यसको लागी बिश्लेषण सहितको बास्तबिक जबाफ आबश्यक छ । दार्शनीक, बैज्ञानिक ,मनोवीद,मनोबैज्ञानिक ,तथा अनुसन्धान कर्ताहरुकै तथ्य नै लिने हो भने पनि हरेक मानिसमा एउटा अन्तरनिहित क्षमता हुन्छ । त्यो क्षमता बालबालिकामा पनि स्वत हुने नै भयो । समस्या कहाँ देखा पर्दछ भने त्यस्तो क्षमताको पहिचान हुन्छ या हुँदैन त्यो पनि समयमै । यस्तो क्षमता सङ्गै विद्यार्थीमा इच्छा पनि सङ्गसङ्गै आउछ । बिज्ञहरुका अनुसार इच्छा र क्षमता आपसमा अन्तरनिहित हुन्छन् ।
अब आमाबाबुले आफ्नो इच्छा अनुसार छोराछोरीलाई पढाउँदा के हुन्छ भन्ने प्रसङ्ग तर्फ लागौ जुन हरेक आमाबाबुका लागी अती आबश्यक र महत्वपुर्ण छ। मनोबिद्हरुले पहिलो वाक्यमै भन्छन कि आफ्नो इच्छा बमोजिम आमाबाबुले छोराछोरिलाइ पढाउनु गलत हो भनेर । यस्तो समस्याको समाधान त्यती गाह्रो नभएको मनोबिदहरुको सुझाब छ । मनोबिद बिनोद पौडेलका अनुसार छोराछोरीको इच्छा बमोजिम उच्च शिक्षा अध्ययन गराउनु नै समस्याको समाधान हो । विद्यार्थी भविस्यमा के बन्न चाहन्छ कुन क्षेत्रको शिक्षा अध्ययन गर्न चाहन्छ त्यस विषयमा प्रस्ट सँग आमाबाबु वा अभिभावकले छोराछोरी वा त्यस्तो विद्यार्थीलाई सोध्नु पर्दछ । नेपाली समाजमा केहि अभिभावक ले विद्यार्थीलाई के पढाउने भनेर आफै पुर्व योजना तय गरेको पाइन्छ । उनिहरुले विद्यार्थी प्रती गरेको सकारात्मक व्यवहारलाई अन्यथा भन्न मिल्दैन तर विद्यार्थीको कुरा नसुनी ,उनिहरुको चाहना नबुझी,उनिहरु सङ्ग भलाकुसारि नै नगरी वा उनिहरुको इच्छा बिपरित हुने गरि निर्णय गर्नु शत प्रतिशत गलत भएको पौडेलको तर्क छ । बाल अधिकार तथा न्यायको क्षेत्रमा लामो समयदेखी कार्यरत नानुमैया केसिका अनुसार विद्यार्थीहरु मा उनिहरुको इच्छा प्रती गलत बुझाइ छ भने प्रष्ट पार्दिनु अभिभावकको मुल जिम्मेवारी हो । उनिहरु भविश्य निर्माण प्रती पुर्ण जानकार छैनन् भने विज्ञ वा जानकार सँगको सहकार्यमा विद्यार्थीलाई सहयोग गर्नु अपरिहार्य हुन्छ ।
तर छोराछोरीको वास्तविकता नबुझी अभिभावकले उनीहरुको भबिस्यको निर्धारण आफै गर्दिनुले परिवार मात्र हैन समाज र देशलाइ नै असर गर्ने मनोबिद तथा समाजशास्त्रीहरुको बिचार छ ।
केहि आमाबाबुले आफुले कारणबस कुनै क्षेत्रमा सफलता प्राप्त गर्न नसकेको वा चाहना बमोजिमको शिक्षा अध्ययन गर्न नपाएकाले त्यसको इच्छा पुर्तिका लागी आफ्नो छोरा वा छोरी लाइ त्यस्तै क्षेत्रमा सफल बनाउन खोजेको देखिने मनोबिदहरु अनुभव सुनाउछन् । मनोबिदहरुका अनुसार यस्तो अवस्था अभिभावकको मनोबैज्ञानिक समस्या हो । आमाबाबुले आफ्नै कारण वा कमजोरी बाट विगतमा सफलता प्राप्त गर्न नसक्नु वा आफ्नो इच्छा पुरा गर्न नपाउने तर अहिले त्यसैका लागी सन्तानलाइ माध्यम बनाउनु सार्थक हुदैन ।
उदाहरणका रुपमा भन्नुपर्दा केही आमाबाबुहरु भन्ने गर्दछन् छोरा म डाक्टर बन्न चाहन्थे बन्न सकिन तर तिमि डाक्टर बनेर मेरो सपना पुरा गर्नु पर्छ त्यसका लागी म जति पनि लगानी गर्न तयार छु , छोरी म इन्जिनियर बन्न चाहन्थे तर बिभिन्न अभावले बन्न सकिन अब तिमि इन्जिनियर बनेर मेरो इच्छा पुरा गर्नु पर्दछ यो एउटा सामान्य उदाहरण मात्र हो जुन आमाबाबुले छोराछोरी प्रती आफ्नो इच्छा पुरा गर्न गरेको योजना हो । डाक्टर ,इन्जिनियर वा जुनसुकै पेशा आफैमा सम्मानित पेशा हुन त्यसमा कुनै दुबिधा भएन । आफु बन्न नसकेको ब्यक्ति वा आफुले सफलता प्राप्त नगरेको क्षेत्रमा छोराछोरी त्यो ब्यक्ति बन्नु पर्छ वा त्यस्तो सफलता प्राप्त गर्नु पर्दछ भन्ने उनिहरुको आन्तरिक मनोबिज्ञान हो । त्यस बाट उनिहरुलाइ खुशी मात्र हैन सन्तुष्टि पनि मिल्छ । तर उनिहरुको खुशी र सन्तुष्टिमा छोराछोरीको खुशी र सन्तुष्टिलार्इ तिलान्जली दिन मिल्दैन ,अन्याय गर्न मिल्दैन ।
जब मानिसले आफ्नो इच्छा बिपरितको क्षेत्रमा काम गर्छ त्यतिखेर त्यस काम बाट लाभ लिने मान्छेले समेत उचित लाभ लिन सक्दैन । मनोबिद पौडेलका अनुसार खुल्ला दिलले र स्वस्फुर्त रुपमा नगरेको काम बाट वास्तबिक प्रतिफल अपेक्षा गर्न सकिदैन । उनिहरुले आफ्नो इच्छा बमोजिम काम गरेको वा अध्ययन गरेको क्षेत्रमा प्रस्तुती पनि उत्कृष्ट हुन्छ । लाभ लिने समुहले पनि आबश्यक लाभ लिन सक्दछन् । जसको समग्र फाइदा समाजलाइ नै हुन जान्छ । देश तथा राज्य व्यवस्थामा समेत यसको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रहन्छ । छोराछोरिहरुले आमाबाबुको इच्छा अनुसारको पढाइ पढ्नु पर्दा वा काम गर्नु पर्दा उनिहरुमा डिप्रेसन बढ्ने खतरा पनि उत्तिकै हुन्छ । उनीहरुमा आफ्नै जिन्दगी प्रती नै निराशा उत्पन्न हुने देखीन्छ । र त्यसको सिलसिला आत्महत्या सम्म पुग्न सक्दछ । हामिले गरेका निर्णय हाम्रै लागी नै कति हानिकारक हुन्छन भन्ने विषयमा समयमै सचेत हुनु जरुरी छ ।
त्यसैले छोराछोरीलाई कुन शिक्षा पढाउने वा कस्तो भविष्य निर्माण तर्फ केन्द्रीत गर्ने भन्ने विषयमा उनिहरुकै कुरा आमाबाबुले प्रमुखत सुन्नु पर्दछ । यदि उनिहरुमा गलत बुझाइ वा अस्पस्टता छ भने बास्तबिकताको जानकारी गराएर सहयोग गर्नु पर्दछ । तर छोराछोरीको कुरा नसुनी, उनिहरुलाइ सोधपुछ समेत नगरी,सोधपुछ गरेपनी वास्ता नगरी गरेको आमाबाबुको निर्णयले राम्रो परिवार बन्न सक्दैन त्यसकारण छोराछोरीको शिक्षा र भवीष्यको निर्णय गर्ने कार्यलाई कुनै पनी परीवारले सामान्य रुपमा लिनु हुँदैन । परिवार राम्रो नभए टोल ,समाज राम्रो हुन सक्दैन समाज राम्रो नभए देश कसरी राम्रो होला त त्यसैले छोराछोरीको सुन्दर भविष्यका लागी उनिहरुको इच्छा ,चाहनालार्इ हरेक आ&