बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

news
बुटवल-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध बनेको छ ।
नवलपुरमा रहेको पुल भाँचिएपछि वैकल्पिक रुपमा बनाइएको डाइभर्सनसमेत बाढीले बगाएपछि सडकखण्ड पुनःअवरुद्ध बनेको हो ।
गत बुधबार पूर्वी नवलपरासीको अरुणखोलाको पुलमा मालबहाक ट्रक ठोकिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याएको थियो ।
गएरातिकोे बाढीले डाइभर्सन बगाएपछि १५ घण्टासम्म सवारीसाधनहरु रोकिएका थिए ।
आज बिहान मर्मत गरेर सवारीसाधन सञ्चालनमा ल्याएपनि पुन आधा घण्टामै डाइभर्सन बगाएपछि सवारीसाधन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
अहिले डोजर लगाएर मर्मतको काम भइरहेको छ । खोलामा पानी धेरै भएकाले डाइभर्सन बनाउन समस्या भएको बताइएको छ ।
पानी कम भएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि अहिले २० किलो मिटरसम्म सवारीसाधनहरु लामबद्ध भएर रोकिएका छन् । इमेजखबरमा समाचार छ ।