शिक्षा मन्त्रालयअन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सामुदायिक माध्यमिक विद्यालयहरुको कार्यसम्पादन परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
शिक्षा पत्रकार समूहले आज काठमाडौमा गरेको पत्रकार सम्मेलनमा केन्द्रले देश भरका विद्यालयको शैक्षिक अवस्थाको बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
गुणस्तर परीक्षण गरिएका विद्यालय मध्ये कमजोर, सामान्य, मध्यम र उत्तम गरि विद्यालयको अवस्था छुट्याइएको थियो । केन्द्रले यो बर्ष १ हजार ९ सय ९९ वटा विद्यालयको कार्यसम्पादन परीक्षण गरेको थियो ।
विद्यालयमा शिक्षण प्रकृया, भौतिक अवस्था, मानव संसाधन, समूदायको लगानीको अवस्था, नेतृत्व, व्यवस्थापनलगायतका बिषयलाई आधार मानेर परिक्षण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले आगामी कार्यसम्पादन परीक्षणको प्रतिवेदन तयारीका लागि सिफारिस र सुझावहरुसमेत प्रस्तुत गरेको छ । इमेजखबरमा समाचार छ ।