मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र आदिवासी जनजाति महासंघले संविधानको विरोधमा प्रदर्शन गरेका छन् ।
शुक्रबार राजधानीमा संयुक्तरुपमा निकालिएको विरोधजुलुस भित्री सहरका विभिन्न भाग हुँदै वसन्तपुर पुगेको थियो ।
संविधान खारेजीको माग गर्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
वसन्तपुरमा आयोजित कोणसभाका वक्ताहरुले वर्तमान संविधान नेताहरुका लागि मागी खाने भाँडोमात्रै बनेको भन्दै यो संविधान कसैको हीतमा नरहेको जिकिर गरे ।
दुईतिहाइको सरकार डेढ वर्षमा पूरै निकम्मा सावित भएको भन्दै उनीहरुले वर्तमान सरकारलाई पूरै अवधि राख्न नहुने बताए । इमेजखबरमा समाचार छ ।