सम्झनामा दाजु शोभाखर धनन्जय र हाँक साप्ताहिक

– यमुना भुसाल
आमा हरिकला भूसाल बुवा तिलकराम भूसालको दोस्रो सन्तानको रुपमा शोभाखर धनन्जयको जन्म २००१ साल आषाढ ५ गते हालको अर्घाखाँची जिल्ला, सन्धिखर्क न.पा. १ कुर गाउँमा भएको हो । उहाँ बाल्यकालदेखि नै तिक्ष्ण बुद्धि, सरल स्वाभाव, मिलनसार तथा समाज सेवाको भावना भएको व्यक्ति हुनुहुुथ्यो । समाजमा लामो समयदेखि बस्दै आएका मानिसहरु समुदायमा रहेता पनि एउटै रहन सहन हुदैन । गरिबी, अशिक्षा, अन्धविश्वास, अन्याय तथा त्यति बेलाको सत्ताको दमन लगायतका सबै क्षेत्रको अन्यायको भूमरीबाट नेपाली जनतालाई मूक्ति दिलाउन हर प्रयास गर्दै जाँदा शोभाखर धनञ्जयले आन्दोलनलाई अगाडि बढाउन अर्घाखाँची जिल्ला जि.वि.स. खरिदार पदबाट राजिनामा दिनु भएको थियो । समाजमा पछाडि पारिएका किसान, मजदुर, महिला, श्रमजीवीका हक, अधिकार दिलाउन राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक समाजवाद स्थापना गर्ने उद्देश्य लिनु भएको थियो । राजसंस्था विरोधी पर्चा छपाएर वितरण गर्ने तयारीको सिलसिलामा तत्कालिन अञ्चलाधीसको मिलोमतोमा उहाँलाई गिरफ्तार गरी २०२८ सालदेखि ३० सालसम्म भैरहवा जेलमा र काठमाडौको नख्खु जेलमा बन्दी बनाइएको थियो । उहाँलाई जेलमा शारीरिक यातनाको साथै मानसिक टर्चर दिएर राजसंस्थालाई समर्थन गरी राजा विरोधी आन्दोलनमा नलागे जेल मूक्त गर्ने प्रलोभन दिदा पनि म  देश र जनताका लागि मर्न तयार छु तर आत्मसमर्पण गर्दिन  भन्नु भएको थियो । त्यही अठोटका कारणले लामो समयसम्म जेल जीवन बिताउनु परेको थियो ।
गान्धिवादी आदर्श बोकेका समाजवादी चिन्तन, सरल स्वभाव भएका गान्धिवादी नेता शोभाखर धनञ्जयमा अद्भूत गुणहरु थिए । समय सन्दर्भ अनुसार सही समयको सही विश्लेषण गर्न सक्ने अद्भूत क्षमताका उहाँ खानी हुनुहुन्थ्यो । संचार जगतको महत्वलाई नजिकबाट नियालेर आम जनतामा संचारको पहुँच पुग्ने गरी संचारलाई पारदर्शी, स्वस्थ, स्वतन्त्र विचार बोकेको र समाजमा प्रतिस्पर्धा गर्ने संचार जगतको भूमिका निर्वाह गर्ने आवश्यक ठानी हाँक साप्ताहिक पत्रिका जनसामु आएको थियो ।
तात्कालिन समाजमा पञ्चायतको अत्याचारले विकरालरुप लिंदै गइरहेको थियो । परिवर्तनका लागि मुख्य बाधकको रुपमा रहेको शाही निरंकुश व्यवस्था नै बाधक भएको विश्लेषण सहित तात्कालिन व्यवस्थाको अन्त्यका लागि सामाजिक अगुवा बन्दै जाने सन्दर्भमा नेपाली कांग्रेस पार्टीभित्र भिन्न मतको बहस सुरु भयो । बहसमा विशेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह लगायतसँग केही समय विचारको बहस चलेको थियो । समाजमा बढ्दै गइरहेको असन्तोषले गर्दा तात्कालिन व्यवस्थालाई कमजोर बनाउन केही राजनीतिक मुद्दा हल गर्दै जानुपर्छ । अन्यथा व्यवस्था विरोधी आन्दोलन कमजोर बन्दै जाने संभावना बढिरहेको छ भन्ने धारणा राख्नु भएको थियो । समाजमा रहेको विकृति र विसंगतिलाई केही हदसम्म हल गर्न सकिने हुनाले आर्थिक समानता, राजनीतिमा स्वतन्त्रतालाई तात्कालिन मुख्य नारा बनाएर जाने विचार राख्नु भएको थियो । यसै विषयमा बहस हुँदै जादा वि.पि.ले हामी यी विषयमा सहमत हुन सकिदैन । म मेलमिलापको नीतिमा छु । राजाको र मेरो गर्धन एकै ठाउँमा जोडिएको छ । त्यसैले विचारमा सहमत हुन सकिन्न भन्नु भएको थियो । विपिको भनाइमा असहमति प्रकट गर्दै नेपाली कांग्रसको विचारबाट देशमा नेपाली जनताको समस्या समाधान हुन सक्दैन । यी माथि उल्लेखित मुद्दाहरुलाई हल गर्न मुख्य कुरा विचार हो भन्ने निश्कर्ष निकाली रामराजा प्रसाद सिंह, शोभाखर धनञ्जय, राम कार्की, मुक्ति रिजाल, कुमार पौडेल, दिलिप चौधरी लगायतको एउटा समूह नेपाली कांग्रेस पार्टीबाट बाहिरिए । जनवादी मोर्चाको गठन गर्दा शोभाखर धनञ्जय महासचिवको जिम्मेवारी लिइ काम गर्नु भएको थियो । माथि उल्लेखित नेताहरुलाई धरपकड गरी तहस नहस बनाउनेमा शाही सरकार तल्लीन भएको थियो ।
२०३९ साल तिरको कुरा हो । त्यहाँ पनि रामराजा प्रसाद सिंहसँग भिन्न मत दर्ज गर्दै ने.क.पा. चौथो महाधिवेशन पार्टीमा समाहित हुँदा धनञ्जयको नेतृत्वमा उक्त टिम समाहित हुन पुग्नु भएको थियो । २०४२ सालमा राजदरबार नजिकै बम पड्काएको आरोपमा दिलिप चौधरीलाई गिरफ्तार गरी बेपत्ता पारियो । शोभाखर धनञ्जयलाई सर्वश्व सहित जेल हाल्ने निर्णय गरिएको थियो । शाही सरकारको निर्णय थाहा भए पछि शोभाखरलाई ने.क.पा. मसालको निर्णय अनुसार सुरक्षाका लागि अखिल भारत नेपाली एकता समाजको संगठनको केन्द्रीय कार्यालयको जिम्मा दिइएको थियो ।  नेपाली एकता  मुखपत्रको सह सम्पादकको जिम्मेवारी पाउनु भएको थियो । त्यही जिम्मेवारीको शिलशिलामा तीजको अवसरमा दिल्लीको बेलारोडमा कार्यक्रम सकेर फर्कने बेलामा नेपाल सरकार र भारत सरकारका भरौटेहरुद्वारा २०४३ साल भाद्र ११ गतेका दिन हत्या गरिएको थियो । भनिन्छ दुखः शब्दको परिभाषा मानिस पिच्छे फरक फरक पाइन्छ । ठूलो घरको छतबाट शहर देखिन्छ । तर कसैलाई के थाहा झुपडिको आँगनबाट पनि संसार देखिन्छ । समाजमा कसैको दुःख देख्न नसक्ने, आफ्नो साथमा २-४ रुपियाँ हुँदा साथ गरिब दीन दुखीलाई बाँडिदिने, झुपडिको आँगनबाट पनि संसार देखाउनु पर्छ भन्ने मान्यताका साथ जिल्ला विकास समितिको खरिदार पदबाट आएको तलब दीन दुखीलाई बाँडिदिने, ससुरालबाट ल्याएको दक्षिणा घर फर्कदा बाटोमै बाँडिदिने, बाटो मै हिड्दा हिड्दै बटुवाहरु जाडोले काँपेको देख्ने बित्तिकै आफुले लगाएको कपडा फुकालेर लगाइ दिने, कुनै बेला सर्ट पनि दिएर बनियान लगाएर घरमा आउने गरेको पनि देखिन्थ्यो । त्यसैले दुःखलाई नजिकबाट नियाल्न सक्ने सामाजिक क्षेत्रमा लागेको व्यक्तिहरुमा भन्दा फरक खालको उहाँको सोचाई पाइन्थ्यो ।
उहाँको पत्रकारीता क्षेत्रमा निकै रुचि थियो । राजनीतिक परिवर्तनको वाहकको रुपमा चिनिने धनञ्जय राजनीति तथा संचार क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । नेपाली समाजमा गरिब र धनी बीचको असमानतालाई कसरी समाप्त पार्न सकिन्छ ? भन्ने कुरामा उहाँ चिन्तित हुनहुन्थ्यो । त्यस प्रकारको गहिरो सोचाइ हुनुका साथै भौतिक रुपमा पनि त्यतिकै तयार हुन सक्ने निस्वार्थी व्यक्तित्व समाजमा कमै देख्न सकिन्छ ।
आम जनताको परिवर्तनको खातिर शाही पंचायति व्यवस्था विरुद्ध जुध्ने कैयौं वर्ष जेल भोगेका भुमिगत जीवन बिताउँदै लामो समयसम्म जंगलको बाटो प्रयोग गर्दा संकट झेलेको कुरा उहाँबाट घरमा हामीले सुन्न पाउँथ्यो । आफ्नो भोक मेटाउन घाँसका मुना खाएर विहान साँझको गर्जो टारेको पनि सुनिन्थ्यो । जस्तैसुकै परिस्थितिमा पनि जुध्न सक्ने सहनशील क्षमता भएका शोभाखर धनञ्जयको विचार अझै पनि मानस पटलमा सम्झना ताजा भएको कुरा बताउनु हुन्थ्यो उहाँका साथीहरुले । सरकारको दमनका कारण संगठनको जिम्मेवारीको सिलसिलामा नेपाली भूमि प्रयोग गर्दा घनाघोर जंगल छिचोल्दै भारत पुग्दा घाँसका मुना खाएर कैयांै दिन जंगलमा बिताउँनु भएको थियो । दिल्ली ओखला ट्ंयाकमा सामूहिक रुपमा बसाई गर्दा ट्वाइलेटमा हरियो घाँस दिशामा साथीहरुले देख्नु भएछ । साथीहरुले प्रश्न गरेका थिए रे  धनञ्जयजी तपाईमा केही समस्या छ र ?  उहाँले सरल जवाफ दिनुभएछ;  साथीहरु म नेपालबाट भारत आउँदा जंगलमा लामो समय बसाई भयो घाँसका मुना खाएर गर्जो टारें भनेको कुरा साथीहरु अहिले पनि सम्झन्छन् ।
प्रसंग बदलौं ! २०३९ साल कार्तिक २५ गते हाँक साप्ताहिक पत्रिकाको जन्म भएको थियो । यस पत्रिकाको इतिहासलाई वास्तविकरुपमा केलाएर अध्ययन ग-यौं भने आमाले आफ्नो सन्तान जन्माउन कति कष्ट गर्नुपर्छ त्यति नै कष्टको बीचबाट यो जन्मिएको हो । हाँक पत्रिका आफैमा विकराल चुनौतिहरु बोकेर आएको थियो । त्यति बेला पंचायती तानाशाही व्यवस्थाको दबदबा थियो ।  जसको सिता खाई उसैको गिता गाइ