अदालत र अख्तियारले दुईतिहाईको डरले ठुला आर्थिक छानविन गर्न सकेन:- वरिष्ठ नेता पौडेल

सुर्य भुसाल  
कपिलबस्तु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् । 
नेपाली कांग्रेसले तौलिहवामा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै वरिष्ट नेता पौडेलले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुलाई अख्तियार र अदालत दुवैले दुई तिहाईको सरकारको डरका कारण निष्पक्ष भई न्याय दिन नसकेको आरोप  । 
वरिष्ठ नेता पौडेलले संविधानको मर्म र भावना विपरित सरकार अघि बढेको बताउंदै सरकारलाई सहि बाटोमा ल्याउन अब सडक संघर्षको विकल्प नरहेको बताए । 
कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल, केन्द्रिय नेता दीप कुमार उपाध्याय, सुरेन्द्र राज आचार्य, सुधाकर पाण्डेय लगायतले सम्वोधन गरेका थिए ।