नेपाल पहिलो खुला दिसामुक्त देश

news

काठमाडौं । नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । राजधानीमा सोमबार(आज)एक कार्यक्रम गरी प्रधानमन्त्री ओलिले यस्तो घोषणा गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलिले पछिल्लो समय सरसफाइमा ध्यान पुगेका कारण बाल मृत्युदर घटेको र नेपालीहरुको औसत आयु बढेको बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री विना मगर, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेललगायतले आधारभूत सरसफाइमा सफलता मिलेको बताएका थिए ।

२०६८ सालमा सुरु गरिएको सरसफाइ गुरुयोजना कार्यक्रम अन्तर्गत नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

सो कार्यक्रम अन्तर्गत ५६ लाख २ सय ६४ घरमा शौचालय निर्माण गरिएको दाबी गरिएको हो ।

नेपाललाई दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त देश भएको दाबी पनि गरिएको छ । इमेजखबरमा समाचार छ ।