लेखक: विराज घिमिरे
प्रकाशक: हरि कुँवर
सम्पादन: मधुसुधन पाण्डे
हर्क बहादुरको कथा भाग -३
(कथाको भाग-३, प्रकाशित गर्नमा अलिकती थप समय लागेकोमा सम्पुर्ण पाठकप्रती क्षमा प्रार्थी छौ)
हर्कलाल परियारको कथा: (भाग-३)
काठमाडौँ देखी अर्घाखाँची सम्मको यात्राको क्रममा भएका विभिन्न गतिविधि सहित उक्त गाडिमा मसंगै परेका हर्कलालको जीवन कहानी यो कथामा समेटिएको छ। धर्तिमा जन्मिएपछी हामिले के कति सम्म संघर्ष गर्न सक्नुपर्छ र हाम्रो सोंच बिचार कस्तो हुनुपर्छ भन्ने सन्देश पनि दिइरहेको छ यस कथाले। जब सुर्य अस्ताउछ तब रात पर्छ, सबै मानिस निद्राको काखमा पुग्छन त्यस्तै जब सुर्य उदाउँछ तब सबै मानिस ब्युँझिन्छ र आफ्नो कार्यमा लाग्छ तर सफलता-असफलता, असल खराब, भन्ने कुराहरु उसले गर्ने क्रियाकलाप र उसले समयलाई दिने साथमै निर्भर रहन्छ। हामिले कसरी आफ्नो दिनलाई सफल तुल्याउन सक्छौँ भन्ने कुरा पनि यस कथाले सिकाउनेछ। अब सुरुवात गरौँ हर्कलालको भाग-३ को कथा। यहाँसम्म: हर्कलालले जीवन कहानी सुनाउँदै गर्दा उसको बाबाले उसलाई आफ्नो काखमा राखेर सम्झाउँदै छन र त्यहिँबाट आजको कथा प्रारम्भ हुन्छ।
सांझको समय, करिव ७ बज्नै आँटेको थियो। बृखबहादुरको त्यस्तो कुरा सुनेपछी हामी केही बेर बोल्नै सकेनौँ। बा ले त्यो कुरा सुनेपछी एकैछिन बेहोस हुनुभयो। तेरो आमाको काखमा तेरो दाइ, त्यही पनि उसले आफ्नो आंसुलाई रोक्न सकिन। म न बा लाई उठाउन सकेँ न त तेरो आमालाई सम्झाउनै। यस्तो देखेपछी बृखबहादुरले मलाई सम्झाउँदै अलि हिम्मत दिलायो। बा लाई पानी छ्यापी उठाएँ। बा उठेपछी रुंदै भन्दै हुनुहुन्थ्यो: त्यसलाई मैले धेरै नै सम्झाउँथे, आज रिसमा त्यसरी पाप गर्दै हिँडिहाली भगवानले के छाड्थे, हुन त भगवान पनि हामी गरिवको लागि त के छन भन्नू र खै। समस्या दुई भागमा बिभाजन भएको थियो: एकातिर आमाको मृत्यु त अर्कोतिर तेरो आमाको अवस्था त्यस्तो थियो।
एकैछिन कसरी झरौँ बृखबहादुरको घरमा भन्ने पनि भयो र केही बेरमा साँइली आमैकी बुहारी (यमकला)लाई बृखबहादुरले बोलाएर आयो। त्यता पनि थाहा भएपछी साँइला बा, दाइहरु सबै आउनुभयो हाम्रो घरमा। यमकला, साँइली आमै लगायत गाउँका अन्य महिला हरु तेरो आमासँग घर बस्ने कुरा भयो त्यस्तै हामीहरु भने लाग्यौँ बृखबहादुरको घरमा। जंगलको बाटो हुँदै झर्नुपर्थ्यो उसको घरमा। झमक्क सांझ परेको समय, सबैतिर सुनसान जंगलमा एक्कासी मृगको तिखो आवाज कानमा आयो। साँइला बा हरु भन्दै हुनुहुन्थ्यो: बाघले लखटेजस्तो छ मृगलाई। अलि तलको मुलबाटो पुग्नै आँट्दा एक बडेमानको बाघ त्यहीँ बसिरहेको रहेछ। हाम्रो आवाज सुनेपछि बाघ लुपुक्क तल पट्टि लाग्यो। सांइला बा हरुले हेरहेर………हेरहेर…. भन्दै रोकिनु भयो र फेरि हामी बाटो लाग्यौँ। तर म र बा भने घरकै पिरले गर्दा केही बोल्न या गर्न सकिरहेका थिएनौँ। आँसु रोकिन सकिरहेको थिएन। केही बेरको हिँडाइ पछि हामी बृखबहादुरको घरमा पुग्यौँ। त्यहाँ पुग्दा सबै मनिल हुनुहुन्थ्यो।
एकातिर आमाको मृत सरिर थियो अर्कातिर बृखबहादुरका बा माइला दाइ वैध्य संग कुरा गर्दै हुनुहुन्थ्यो। वैध्य बाजेले भन्दै हुनुहुन्थ्यो अलि समयमै फेला पारेको भए निको हुन सक्थ्यो तर के गर्नु दैव को लिला कहाँ बुझ्न सकिन्छ र। आमाको मृत शरीर देखेपछि बा फेरि बेहोस हुनुभयो। मेरो पनि मन आत्तिएजस्तो भयो, आमाले भनेका राम्रा र सकारात्मक कुराहरु आँखा अगाडी नाच्न थाले संगै आँखाबाट आँसुका थोपाहरु नरोकिइ झरिरहे।
केही बेरमा माइला दाइ आएर सम्झाउँदै भन्नुभयो: संसारको चल्दै आएको रिति नै यस्तै छ, हामी सबैलाई एक दिन अवश्य जानू छ आफ्नो मन साँघुरो बनाएर नबस भाइ, आफ्नो मनलाई समाल अन्तिम कार्यमा लाग्नुपर्छ रात छिप्पिदै छ। दाईको यति कुरा सुनेपछी म अलि आफ्नो मनलाई नियन्त्रण गरेँ। सबै अन्तिम कार्यमा लाग्यौँ र घाटमा जाने कुरा हुँदै थियो। रात छिप्पिएकोले रातभर कुरौँ, पानी पनि परिरहेको छ बिहानै जाउँला भन्ने कुरा भयो। र त्यहाँबाट काजकिरिया पूरा गर्नको लागि आमाको मृत शरीर घरमा ल्याएर बस्यौँ। घरमा आउँदा दिदिहरु पनि आइसक्नुभएको रहेछ, उहाँहरु आमाको मृत सरिरमा पुगेर आमा आमा गर्दै रुने चिच्याउने गर्नुभयो भने तेरो आमा को अवस्था त्यस्तो थियो गाउँका दिदिबहिनीहरुले यस्तो हुँदा त भगवानले पनि हेर्छन बार्नु पर्दैन भन्थे कसैले।
तरपनी उसले केही खाइन। निकै कस्टपुर्ण र लामो भएर बित्यो त्यो रात। रातभर कुरेपछी बिहान सबेरै यहिँ तल गच्छेको घाटमा लगेर दाहसंस्कार गर्न आँटेका थियौँ। मलाई भक्कानो फुटेर आयो, मैले आमाको मृत सरिरमा दागबत्ती दिन सकेन। एक्लो छोरो मै भएकाले दिनैपर्ने थियो तरपनी आफुलाई खाइनखाई गरेर हुर्काएकी आफ्नी आमालाई खरानी बनाउनबाट मेरो हात रोकियो। माथिल्लो घरका जेठा दाइले मलाई उठाएर जबरजस्ती आमालाई राखेको दाउराहरुमा आगो लगाइदिनुभयो। मन मस्तिष्क लाई स्थिर राख्नै सकिएन, केही बेरमै आमा खरानी भैसक्नु भएको थियो। त्यहाँको सबै कर्म सकाएर हामी घर फर्कियौँ। कसैले केही खानपनी सकेनौँ, तेरो आमालाई गाउँका दिदिबहिनी हरुले दूध तथा खाना ल्याएर खुवाउनु भयो। पल्ला घरे काँइली आमैकी बुहारी र तेरो फुपुहरुले तेरो आमाको हेरचाहा गरिन भने हामी जसो तसो १३ दिन काट्यौँ।खर्चको लागि घरमा केही थिएन, माईला बाजेको छोरो बिदेश बाट आएको अलिअली रिन उसले दियो। तेर्हौ दिन कटेपछी आएका पाउना, छर-छिमेकी सबै आआफ्नो कार्यतर्फ लाग्न थाले, बिस्तारै सुनसान पनि हुँदै गयो। घरमा निकै नरमाइलो छाउँदै गयो। जस्तोसुकै द्वन्द भएको भएपनी घरको परिवार त्यसमा पनि घरको सबै जिम्मेवारी हेर्नुभएकी आमा हामिलाई छाडेर सधैको लागि बिदा हुँदा हाम्रो घरमा आएको खुसियाली सारा हराएको थियो। तेर्हौँ दिनसम्म खानाको लागि अभाव भएकाले खोज्नुपरेको रिन कसरी तिर्ने होला भन्ने पिरलो एकातिर थियो, त्यस्तै अर्कोतिर आज के खाउँ भोलि के खाउँ। सरिरमा जाँगर नचल्दा पनि छाक टार्नको लागि काम गर्नैपर्ने बाध्यता थियो। केहि सोचिरहेकोबा का यी प्रश्नहरुको उत्तर थिएन मसंग। २ ४ दिन चल्दै गरौँ अनि सोंचौला भनेर बा को उत्तर दिएँ। गएर मुखिया बा संग गुनासो पोखेँ। मुखिया बा ले त्यसो हो भने मेरो घरको बाहिरको कार्य र सबैको कपडा सिलाइदिने काम गर्यौ भने म हेर्छु तिमिहरुलाई भन्नुभयो। मुखिया बा को त्यो वचन सुनेपछी के खोज्छस कानो आँखो भनेजस्तै भयो मलाई। र त्यही दिन देखि कामहरु गर्दै गएँ। साँझ केही अन्नपात दिनुहुन्थ्यो। त्यही लगेर घर जान्थेँ तेरो आमा खासै काम गर्न सक्दिनथी त्यही पनि भित्र बाहिरको कार्यहरु गर्न सुरुवात गरि। परिवार पिरमै थियो, त्यही पनि बा अलि निरासाजनक अवस्था काटिरहनु भएको थियो। केही दिन त चल्दै गयो केही दिनपछि बा अलि बिरामी पर्नुभयो। २-४ दिन त ठिक होला भन्दै बस्यौँ तर झनै बिरामले चापेजस्तो लाग्यो र म बैध्य बा लाई बोलाउन भन्दै गएँ। वैध्य बा ले दलितको घर कुच्न अलि अफ्ट्यारो मानेजस्तो गर्नुहुन्थ्यो। निकै सास्ती गरेपछी ठिक छ साँझ आउँछु म भन्दै पठाउनु भयो मलाई। घरमा गएर म काममा गएँ। बा घरमै सुतिरहनु भएको थियो भने तेरो आमाले घरको कार्यहरु गर्थि। वैध्य बा आएर हेर्नुभएछ र पिरले गर्दा निद्रा परेको छैन त्यसैले यस्तो समस्या आएको हो भन्दै निद्रा पर्ने खानेकुरा धेरै खानु र यो औषधि खानु भन्दै औषधि दिएर छाड्नुभएछ। औषधि खाँदै गएपछी बा लाई अलि निको हुँदै गयो… बिस्तारै हामिले आफ्नो कार्यलाई निरन्तरता दिदै गयौँ। तेरो दाइ पनि हुर्किदै गयो। रिन तल लागेको थिएन तर घरको खर्च र घाँस दाउरा मुखिया बा कहाँ काममा गएर भएको थियो। बिस्तारै सबै परिवारमा शान्ति हुँदै गयो र हामी तिनै जना कामकार्यमा निरन्तरता दिन थाल्यौँ। बा ले घरमा बसेर सिलाउने, तेरो आमा र म मुखिया बा कहाँ काममा जाने गर्थ्यौँ। यसरी काम गर्दै जाँदा खर्च चलिरहेको थियो तर बिहान देखि साँझ सम्म खटिएर काम गर्दा पनि रिन त्यति धेरै घट्न सकेको थिएन। साउहरु आउँदै कराउँदै गर्थे। कराउनु स्वभाविक पनि थियो रिन काडेको ६-७ बर्ष कटिसकेको थियो। एक दिन म बिहानै मुखिया बा कहाँ तोरि छरिदिन गएको थिएँ: साउहरु आएर भएका भाँडाकुडा सम्म छाडेनछन। भएका पकाउने खाने भाँडा सबै साउहरुले लगेपछी त्यो रात चिउरा र पानी खाएर सुत्यौँ। अर्को दिन म उनिहरुकोमा गएर निकै अनुरोध गरेपछी १ महिनाको म्याद दिएर भाँडाकुँडा फिर्ता गरिदिए। त्यसपछी तेरो दाइलाई पनि काम गर्न लगायौँ। ६-७ बर्षको तेरो दाइ त्यही पनि उसलाई मल फाल्ने, बारि जोत्ने, कपडा सिलाउने काम सिकाएर उसलाई नि काममा लगाउँदै गयौँ, बिस्तारै उसले नि अलिअलि घरखर्च जुटाउन थाल्यो। कपडा मागेर ल्याएका लगाउनु पर्थ्यो, त्यही पनि आधा शरीर मात्र छोप्ने कपडा हुन्थ्यो। गर्मी त जसो तसो टर्दथ्यो जाडोमा निकै समस्या। दिनहरु चल्दै जाँदा एक दिन जाडो महिनाको समय, तेरो आमा बिरामी परेजस्तो भएकी थिइ। त्यो दिन काम गर्न जान सकिन। म एक्लै मुखिया बा कहाँ गएर काम गरेँ। घर फर्कन्छु भन्दा घरमा दिदिबहिनीको भिडभाड देखिन्थ्यो। बा झोंक्राएर बस्नुभएको थियो। परै बाट के भयो होला? किन भिडभाड होला? कतै उसलाई त केही? अहँ होइन। भन्दै घरमा आइरहेको थिएँ, त्यहाँ पुग्दा निकै खुसीको कुरा देखियो, तेरो आमाले तँलाई जन्माएकी रहिछ। बा भने अलिअली मात्र खुसी देखिनुभएको थियो। मैले सोधें: बा के भयो किन दुखी ?? बा ले भन्नुभयो: कुरा त खुसी को हो केटा तर रिन माथी रिन थपिने भयो, पुरानै रिन बाँकी छ। कसरी तिर्ने होला रिन?
यसपछी के होला??
क्रमशः
(कथाको चौँथो भाग अर्को साता बिहिवार, असोज-२३ गते प्रकाशित गर्नेछु)
यो भाग ल्याउनमा अलि धेरै समय लागेकोमा सम्पुर्ण पाठकहरुप्रती क्षमा प्रार्थी छौ। आगामी दिनमा समयमै प्रकाशित गर्नेछौ। सम्पुर्ण पाठकहरुप्रती हृदयदेखी नै नमन टक्र्याउँ छौ। साथै प्रतिक्रियाको अपेक्षा राखेका छौ।
ताजा अपडेट
मालारानी बासिलाई खानेपानीको समस्या अन्तय गर्दै छौ : पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी
अर्घाखाँचीको डिभर्नामा मिनिट्रक दुर्घटना
“दसैं लाई दसैं बनाउ, दशा नबनाउ”
हर्क बहादुरको कथा भाग- ३
निद्रा के कारणले गर्दा लाग्दैन ? र निद्रा लाग्न के गर्नुपर्छ ?: अभिनव चौहान
मालारानीका मृतक विवश कुँवरको परिवार लाई सयोग हस्तान्तरण
प्रकाशित समाचार र पालिकाको प्रेश बिज्ञप्तीमा भुल सुधार
“दशै र तिहारमा मोबाईलको कम प्रयोग गरेर आफ्ना मान्छेलाई धेरै समय दिनुहोस् “
मालारानीका सामुदायीक विद्यालय लाई प्राबिधिक शिक्षालय बनाउनु पर्ने – पुर्व उपप्रधान मन्त्री रायमाझी
मालारानी गाउँपालिकाका लेखा अधिकृत आचार्यको एक कार्यक्रमका बिच बिदाई