रुसको *साइबेरियास्थित क्रास्नोपार्क्स् क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् ।
घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
शनिबार भारी वर्षापछि आएको बाढीका कारण बाँध भत्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
बाँध निर्माणकाक्रममा सुरक्षा अनुगमनलाई उल्लंघन भएको भन्दै अनुसन्धान सुरु गरिएको छ । (एजेन्सी)