तेह्रथुमका सरकारी विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण घट्दो

news
मुलुकभरका सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण घटिरहेका बेला तेह्रथुमको अवस्था पनि उस्तै छ ।
राज्यले ठूलो लगानी गरेको सरकारी विद्यालयमै विश्वसनीयता घट्न थालेपछि निजीका तुलनामा विद्यार्थीको उपस्थिति लज्जास्पद छ ।
तेह्रथुमका अधिकांश सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति र आकर्षण घट्दो क्रममा छ ।
राज्यको ठूलो लगानी शिक्षामा गरिएको भए पनि निजीको तुलनामा सरकारी विद्यालयको नजिता ज्यादै कमजोर देखिन्छ ।
शिक्षक कर्मचारीको उदासीनता तथा अभिभावकको पनि हेय दृष्टिका कारण पनि गुणस्तर घट्दै गएको हो ।
अभिभावकले आफ्ना छोराछोरीलाई आम्दानीको ठूलो हिस्सा खन्याएर भए पनि निजी विद्यालयमै पठाउने गरेका छन् ।
सरकारी विद्यालयमा निजीका तुलनामा योग्य शिक्षक भए पनि आफ्नो योग्यताको भरपुर उपयोग गरिरहेका छैनन् ।
सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएका कारण शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको अभिभावक अर्जुन काफ्को टिप्पणी छ ।
नियमन र अनुगमन पक्ष फितलो हुँदा भौतिकदेखि आर्थिक पक्ष सबल हुँदा हुँदै पनि सरकारीमा पढाइको गुणस्तर खस्किँदै गएको सरोकारवाला पक्षको टिप्पणी छ
सामुदायिक विद्यालयको गुणस्तर सुधार्न नियामक निकायको सक्रियता, शिक्षक, कर्मचारी र अभिभावमका जिम्मेबारीबोध हुनुपर्ने शिक्ष विकास तथा समन्वय इकाइ तेह्रथुमका प्रमुख लिलानाथ पोख्रेल बताउँछन् ।
राष्ट्रिय योजना आयोगले सन् २०३० सम्ममा गुणात्मक शिक्षा सुनिश्चित गर्ने दीगो विकासको लक्ष्इमा उल्लेख गरेको छ ।
दीगो विकासको लक्ष्यमा पुग्न सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाई गुणस्तर वृद्धिका लागि म्याङलुङ नगरपालिकाले विद्युतीय हाजिरी, अनुगमनका साथै अंग्रेजी माध्यमलाई जोड दिएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फको भनाइ छ ।
छ वटा स्थानीय रहेको तेह्रथुममा हरेक आर्थिक बर्षमा करिब १ अर्व शिक्षा क्षेत्रमा बजेट बिनियोजन हुदै आएको छ ।
२ सय २६ वटा विद्यालय रहेको तेह्रथुममा २ सय विद्यालय सरकारी हुन् तर तिनै स्कुलमा २० प्रतिशत विद्यार्थी मात्र अध्ययनरत छन् ।  इमेजखबरमा समाचार छ ।