देशको पहिचान र विकासको निम्ति पनि हिन्दुराज्य बनाउनुपर्ने पूर्वमन्त्री भण्डारीको भनाई

सुर्य भुसाल 
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले देशको पहिचान र विकासको लागि पनि नेपाललाई हिन्दुराज्य बनाउनुपर्ने बताएका छन्।
उक्त कुरा शुक्रबार तनहुँको व्यास ५ चापाघाटमा  सनातन हिन्दु धर्म संस्कृतिको रक्षा एवम् निर्माणधिन जेष्ठ नागरिक आश्रमको लागि लगाइएको श्रीमद्भागवत महायज्ञको समापन गर्दै सो कुरा पूर्वमन्त्री भण्डारीले बताएका हुन्।
विश्वमा हिन्दुराज्य भनेर पहिचान दिदा देशको आर्थिक समृद्धिको लागि पनि ठुलो आर्थिक रूपमा देशलाई टेवा पुग्नुको साथै विभिन्न धार्मिक पर्यटनको पनि घुइँचो बढ्ने उनको भनाइ थियो। हाम्रो सनातन माथि विभिन्न षड्यन्त्र भैरहेको हुदा नेपालीहरू एकताबद्व हुनुपर्ने बेला आएको भण्डारीको भनाइ थियो।
विभिन्न शक्तिको खेलले नेपाललाई द्वन्द्वमा लैजाने अवस्था रहेको हुदा राष्ट्रियता जोगाउन एकताबद्ध हुनुपर्ने आवश्यक रहेको नेता भण्डारीको भनाइ थियो।