कांग्रेसले कास्की -२ को प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाउने

news
नेपाली कांग्रेसले कास्की –२ को प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका पुराना नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै उम्मेदवारको टुंगो लागे पनि आधिकारीक रुपमा बिज्ञप्ती मार्फत आजै सार्वजनिक गर्ने बताए ।
उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भोलि हुदै छ । कास्की–२ मा केन्द्रीय सदस्य तथा स्याङजाका नेता धनराज गुरुङको नाम चर्चामा रहे पनि स्थानीय उम्मेद्वारलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली टुंग्याईएको हो ।  इमेजखबरमा समाचार छ ।