दलहरु र सरकारका लागि आफ्नो लोकप्रियता मापन गर्ने निर्वाचनका रुपमा लिइएको उपचुनावको मत परिणाम सार्वजनिक भइरहेको छ ।
संघीय संसदअन्तर्गत कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका लागि गरिएको निर्वाचन मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएका छन् ।
प्रदेश सभातर्फ भएको उपचुनावमा भक्तपुर १ (क) को मत परिणाम सार्वजनिक भएको छ । त्यहाँ नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् । यसअघि २०७४ सालको चुनावमा नेकपा (तात्कालीन एमाले) ले जितेको उक्त क्षेत्र यसपटक नेपाली कांग्रेसले खोसेको हो ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) र दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ । ती क्षेत्रमा कस्ले बाजी मार्ला भन्ने थाहा पाउन अझै केही समय कुर्नुपर्ने देखिन्छ ।
शनिबार देशको ४३ वडामा गरिएको निर्वाचनको परिणाम भने करिब आइसकेको छ । ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक हुँदा मुख्य प्रतिष्पर्धी नेकपा र कांग्रेसबीच नै नेतृत्व भागबण्डा भएको छ ।
नेकपाले २३ वडाको नेतृत्व पाउँदा कांग्रेसले ११ स्थान जितेको छ । २०७४ सालमा गराइएको स्थानीय निर्वाचनमा नेकपा (तात्कालीन एमाले र माओवादी केन्द्र) ले २३ सिट जित्दा कांग्रेस १२ स्थानमा विजयी भएको थियो ।
अहिलेसम्मको परिणामअनुसार दुबै पार्टीले आफुले जितेको धेरै स्थान जोगाएपनि नेकपाले ६ र कांग्रेसले ७ वटा वडा एकअर्कालाई सुम्पेका छन् ।
समाजवादी पार्टी र राजपाले भने तीन/तीन वडा जितेका छन् । समाजवादीले पहिले कांग्रेस र नेकपाले जितेको एक/एक वडा आफ्नो पोल्टामा पारेको छ ।
कस्ले कहाँ जित हात पारे ? कस्ले गुमाए ?
नेकपाका वडाध्यक्ष विजयी भएकाहरु –
१. बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन् ।
२. कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
३. बाजुराको त्रिवेणी १ नेकपाका मनराजे बुढा विजयी भएका छन् । पहिला कांग्रेस विजयी ।
४. अछामको मल्लेख गाउँपालिका ५ मा नेकपाका रमेशबहादुर खड्का विजयी भएका छन् । पहिला कांग्रेस विजयी ।
५.बाँके कोहलपुर ६मा नेकपाका रामशरण थारू निर्वाचित । पहिला कांग्रेस विजयी ।
६.सल्यानको कुमाख गाउँपालिका ५ नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन् ।
७. रोल्पाको थवाङ १ मा नेकपामा जनकबहादुर बुढा मगरले जितेका छन् । पहिला स्वतन्त्र उम्मेदवार विजयी ।
८. प्युठान नगरपालिका २ मा नेकपाका मुक्ति पोखरेल विजयी ।
९. लमजुङको सुन्दरबजार नगरपालिका २ मा नेकपाका नवीनकुमार श्रेष्ठ निर्वा्चित भएका छन् ।
१०. बर्दघाट ५ मा नेकपाका खिमबहादुर थापा विजयी भएका छन् ।
११. काठमाडौंको दक्षिणकाली ३ मा नेकपाका शिवभक्ति बलामी निर्वाचित ।
१२. धुलिखेल २ मा नेकपाका देवप्रसाद कोइराला विजयी ।
१३. रामेछापको उमाकुण्ड ५मा नेकपाका कुलबहादुर बस्नेतले जितेका छन् ।
१४. खोटाङको साकेला ३ मा नेकपाकी शिवकला राई विजयी ।
१५. खाँदबारी ३ नेकपाका भरतकुमार घिमिरे विजयी ।
१६. गुल्मीको रूरू ६ नेकपाका गिरिप्रसाद सिंजाली विजयी ।
१७. नवलपरासी पूर्वको बौदीकाली ५ मा नेकपाका खिमबहादुर थापा खरूमगर विजयी ।
१८. सिरहाको कल्याणपुर १२ मा नेकपाका दिलिपकुमार यादव विजयी । पहिला कांग्रेसले जितेको ।
१९.पाँचथर फिदिम १ मा नेकपाका गजाधर भट्टराईले जितेका छन् । पहिला कांग्रेसले जितेको ।
२०. सिन्धुपाल्चोकको इन्द्रावती ८मा नेकपाका केदारनाथ आचार्य विजयी ।
२१. बाग्लुङको बढीगाड २ मा नेकपामा ढालप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
२२. डोटीको आदर्श(२ मा नेकपाका रामबहादुर बोहोरा विजयी ।
२३. भोजपुरको पौवादुंमा १ मा नेकपाका उम्मेदवार विजयी । पहिला कांग्रेसले जितेको ।
नेपाली कांग्रेसका वडाध्यक्ष विजयी भएकाहरु –
१. घोराही उपमहानगर १६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी । पहिला नेकपाले जितेको ।
२. अर्घाखाँचीको मालारानी ३ मा कांग्रेसका शोभाकर खनालले जितेका छन् । पहिला नेकपा विजयी ।
३. चितवनको भरतपुर १६ कांग्रेसका अमृतराज हमाल विजयी । पहिला नेकपाले जितेको ।
४. रौतहटको गढीमाई २ कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित । पहिला राजपाले जितेको ।
५. महोत्तरीको बलवा २ कांग्रेसका विपिन परिजार सुडी विजयी भएका छन् ।
६. मोरङको धनपालथान २ मा कांग्रेसका नारायणप्रसाद साह विजयी । पहिले नेकपाका उम्मेदवारले जितेको ।
७. बैतडीमा दोगडाकेदार ४ कांग्रेसका सुरेशप्रसाद भट्टले जितेका छन् । पहिला नेकपाले जितेको ।
८. बैतडीको सुर्नया १ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी ।
९. चितवनको खैरहनी ४ मा कांग्रेसका देवबहादुर बस्नेत विजयी ।
१०. चितवनको खैरहनी ५ कांग्रेसकी प्रतीमा कार्की बस्नेतले जितेकी छन् ।
११. पाँचथरको हिलिहाङ ७ मा कांग्रेसका तिलविक्रम इधिंगो विजयी । पहिला नेकपामा विजयी भएको ।
समाजवादीका उम्मेदवार विजयी
१ . पर्साको सखुवा पर्सौनी गाउँपालिका ५ समाजवादीका रूपलाल कुमार यादव विजयी ।
२. बारागढी गाउँपालिका १ मा समाजवादी पार्टीका सुरेशबहादुर चौधरी विजयी । पहिला कांग्रेसले जितेको ।
३. सर्लाहीको हरिपूर्वा १ समाजवादीका श्यामवावु राय विजयी । पहिला नेकपाले जितेको ।
राजपाका उम्मेदवार विजयी
१. कपिलवस्तुको शिवराज १० राजपाकी मन्जु मिश्र विजयी । पहिला स्वतन्त्र उम्मेदवारले जितेको ।
२. सप्तरी छिन्नमस्ता ७ राजपाकी प्रमिलादेवी यादव विजयी ।
३. महोत्तरीको मटहानीमा ६ मा राजपाका मोहम्मद जकिर अन्सारी विजयी ।
नेकपाले यसअघि जितेका हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ र दोगडा केदार ४ बैतडी गुमाएको छ ।
तर यसअघि कांग्रेसले जितेका ७ र विप्लव समर्थित स्वतन्त्र उम्मेदवारले जितेको थवाङसमेत गरी ८ वटा आफ्नो पक्षमा पारेको छ । कांग्रेसले जितेको फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्द्राावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, मेल्लेख ५ अछाम र त्रिवेणी १ बाजुरामा जीत हात पारेको छ । नेकपाले एउटा वडाको नेतृत्व थपेको छ ।
उता, कांग्रेसले जितेका १२ वडामा उपचुनाव भएकोमा ८ गुमाएको छ । गुमाएका ८ मध्ये ७ नेकपा र एक समाजवादी पार्टीले आफ्नो पोल्टामा पारे । कांग्रेसले दुई वर्षअघि जितेको फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्द्रावाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको हो ।
तर क्षतिपूर्तिवापत उसले यसअघि नेकपाले जितेका ६ र राजपाले जितेका वडा आफ्नो पक्षमा ल्याएको छ । नेकपाको नेतृत्वमा रहेको हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, भरतपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी र राजपाको गढीमाइ २ रौतहट आफ्नो पक्षमा पारेको हो । कांग्रेसले समग्रमा एक वडा गुमाएको छ । इमेजखबरमा समाचार छ ।