स्थानीय तहमा प्रारम्भिक शिक्षाको अवस्था दयनीय रहेको भन्दै सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
शिक्षा पत्रकार समुहले संघीयतामा शिक्षा विषयक आज काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले संघीयतामा शिक्षा नीति प्रष्ट नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सासंद सत्या पहाडीले बाल विकास शिक्षाको अवस्था र शैक्षिक पाठ्यक्रम निर्माणमा कमजोरी भएको भन्दै बाल शिक्षामा सुधार गर्नु पर्ने बताए ।
शिक्षा सचिव महेश दाहालले गुणस्तरीय र ग्रामीणमुखी शिक्षामा जोड दिइने बताए । शिक्षाविद् डा.विद्यानाथ कोइरालाले सामुदायिक विद्यालयमा विद्यार्थी उमेर, संख्या अनुसारको शिक्षक व्यवस्था गर्न सकिए शिक्षामा सुधार गर्न सकिने बताए ।
स्थानीय निकायका प्रतिनिधिहरुले भने अपाङ्गता भएका बालबालिकाको लागि अपाङ्गमैत्री संरचना निर्माण हुन नसकेको भन्दै भौतिक सुधार आवश्यक भएकोमा जोड दिए । इमेजखबरमा समाचार छ ।