विमल भट्टराई ईन्दिरा विश्वकर्म
सुनवल पुष २१ । प्रदेश भित्रका बालबालिकाहरुको शैक्षिक विकासको लागी न्युनतम शुल्कमा उचित प्राविधिक शिक्षामा जोड दिईएको प्रदेश नं ५ का सामाजिक विकास मन्त्रि सुर्दशन बरालले बताउनुभएको छ ।
मंगलबार पश्चिम नवलपरासीको सुनवल सामुदायिक सिकाई केन्द्र एस्.सि.एल्.सि.को नव निर्मित भवन समुद्धघाटन गर्नुहुदै मन्त्रि बरालले प्रदेश भित्रका एस्.सि.एल्.सि.हरुको माध्यमबाट महिलाहरुको क्षमता विकास र आयआर्जनको लागी शिपमुलक तालिम उपलब्ध गराउने योजना प्रदेश सरकारले अगाडि बढाएको समेत जानकारी दिनुभयो ।
मन्त्रि बरालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गरी समृद्ध नगरपालिका बनाउने सुनवल सामुदायिक सिकाई केन्द्रको उपलब्धीमुलक कार्यप्रति शुभकामना ब्यक्त गर्दै थप समृद्धीका लागी मन्त्रालयको सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
सुनवल सामुदायिक सिकाई केन्द्र एस्.सि.एल्.सि.का अध्यक्ष उमानाथ पोख्रेलको अध्यक्षता तथा ५ नं प्रदेश सरकारका सामाजिक विकास मन्त्रि सुर्दशन बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष संजय श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा विशिष्ट अतिथी सुनवल नगर प्रमुख भिम बहादुर थापाक्षेत्री,सोमनाथ बाबा क्याम्पसका अध्यक्ष शंकर पोख्रेलले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिका उपमेयर दधिराम अर्याल, वडा नं १ वडा अध्यक्ष विन प्रसाद बुढाथोकी, वडा नं ३ वडा अध्यक्ष कर्ण बहादुर सेन, वडा नं १२ वडा अध्यक्ष यमलाल पाण्डे, कार्यपालिका सदस्य शान्ता भण्डारी, सुनवल नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठ, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने,महिला नेतृ विमला अर्याल, दंगा नियन्त्रण गढ सुनवलका प्रमुख प्रहरी निरिक्षक प्रेम शंकर चौधरी , ईलाका प्रहरी कार्यलय सुनवलका प्रमुख प्रहरी निरिक्षक बलराम गिरी,उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, नेपाल नगरपालिका कर्मचारी एसोसियसन केन्द्रिय उपाध्यक्ष रेशम शर्मा, जिल्ला सहकारी संघ सदस्य नारायण थापा, रेडक्रस सोसाईटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा, जिवन योग प्रयोगशाला शिक्षक हरि प्रसाद पोखे्रल लगाएतको उपस्थिती रहेको थियो ।