प्रदेश ५ प्रदेशसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
सांसदलाई बिजनेश दिन नसक्दा लामो समयदेखि सुरु हुन नसकेको अधिवेशन चार महिनापछि सुरु भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबारका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेशसभाको चौथौं अधिवेशनसम्म ४९ वटा विधेयक पारित भएका थिए । बैठकमा सांसदहरुले नागरिकका सरोकारका विषयमा प्रश्न उठाएका थिए । इमेजखबरमा समाचार छ ।