संक्रमणकालिन आयोगमा दलीय भागबण्डाप्रति गम्भीर आपत्ति

news
द्वन्द्व पीडित साझा चौतारीले सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगका लागि गरिएको पदाधिकारीहरुको सिफारिसप्रति आपत्ति जनाएको छ ।
चौतारीले आज प्रेस विज्ञप्ति जारी गर्दै दलीय भागबण्डाका आधारमा गरिएको सिफारिसप्रति गम्भीर आपत्ति रहेको टिप्पणी गरेको हो ।
विगतमा आयोग असफल हुनुको कारण नै समीक्षा नगरिएको र यसबाट स्वतन्त्र र निष्पक्ष तरिकाले पीडितका अधिकारको सुनिश्चितता नहुने विज्ञप्तिमा उल्लेख छ ।
पीडितसँगको परामर्श बिनै आयोग गठन नगरे आफूहरुको कुनै सहयोग र समर्थन नरहने पनि स्पष्ट पारिएको छ । इमेजखबरमा समाचार छ ।