कमल घिमिरे
अर्घाखाँची
कसैको छ र त सिसाको दरबार देखेको छु,
त्यहि सिसामा अाफ्नो मलिन अनुहार देखेको छु,
जुन दिन म हजुरको कृति पढ्ने मौका पाए,
साच्चै हजुरभित्र ठुलै साहित्यकार देखेको छु
मेरो वा ले अझैसम्म काठमाडौ टेकेका छैनन,
म त्यहि वाउको ऋणमा कतार देखेको छु,
महोदय! तपाईं कुन शान्तिको कुरा गर्दै हुनुहुन्छ
बुद्धकै देशमा म अचेल काटमार देखेको छु,
तिमी मसङ्ग जति रिसाएजस्तै नाटक गरे पनि
त्यो तिम्रो अाखामा मेरो लागि प्यार देखेको छु,
अबसरको खोजिमा सहर भित्रीएको म अाज
चोक अनि गल्लिहरुमा देहव्यापार देखेको छु,
यसकारण पनि उ मलाई असाध्यै मनपर्छ,
उ भित्र मेरो जस्तै मिल्ने बिचार देखेको छु
सायद लिपुलेखले पुगेन होला उनिहरुलाई,
अचेल जनकपुर बेच्ने सुरसार देखेको छु,