खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गरिएको थियो ।
घटना माघ ९ गते काठमाण्डौं तार्केश्वर न.पा वडा नं २ काभ्रेस्थली शान्तिधाम मन्दिर जाने सडकमा भएको थियो ।
पक्राउ पर्नेमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं ६ का नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउापालिकाका दावा छिरिङ तामाङ छन् ।
यसैगरी रामेछाप मन्थली न.पा. पुरानागाउँका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिकाका तेन्जिङबहादुर तामाङ र संजित वाईवालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । इमेजखबरमा समाचार छ ।