नवराज पौडेल
माघ १९ गते आइतबार । ने.क.पा (मसाल) निकट अखिल नेपाल युवक संघले कोण सभा सम्पन्न गरेको छ । आईतबार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्दौटा र बुद्धभुमी नगरपालिका २ गोरु सिंगेमा कोण सभा सम्पन्न गरेको हो ।
ने.क.पा (मसाल) निकट अखिल नेपाल युवक संघले यही माघ १५ गते कञ्चनपुर देखि सुरु गरेको , राष्ट्रघाती नागरिकता विध्यक खारेज गर समृद्धीको बाधक भष्ट्रचार अन्त्य गर भन्ने उदेश्य सहित जारी मोटर साईकल ¥याली आज कपिलवस्तु आई पुगेको छ । माग १५ गते देखि २९ गते सम्म राष्ट्रघाती विध्येक र भष्ट्रचारको विरुद्धमा मेचीकाली खवरदारी अभियान आयोजना गरेको हो ।
सभालाई सम्बोधन गर्दै युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले नेपालमा समृद्धीको बाधक भष्ट्रचार भएको भन्दै दुई तिहाईको सरकारले समृद्धीको वकालत गरे पनि मुठ्ठी भरका कार्यकर्ता र आफन्तलाई भएको भन्दै सरकारी,अदालत, मालपोत कार्यालय,नगरपालिका यसै गरि सम्पुर्ण वडा कार्यालयहरुमा भष्टचार भइरहे पनि प्रतिपक्ष दल नेपाली कांग्रेस मौन रहंदा भष्ट्रचारीलाई सहयोग पुगेको उहाले उल्लेख गर्नु भएको थियो ।
यस्तै सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न अखिल नेपाल युवक संघले माग गरेको छ । सभामा सरकारले एकपछि अर्को राष्ट्रघाती कदम चालेकाले विरोध गर्नु परेको संघका केन्द्रिय महासचिव कृष्णराज पाण्डेले बताउनु भएको छ । नागरिकता छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन आयोग समीती गठन गर्न संघले सरकारलाई दवाव दिएको छ ।
कार्यक्रम अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल,रा.ज.मो.का जिल्ला अध्यक्ष ददिराम आर्चाय लगाएतले सम्वोधन गर्नु भएको थियो । आज तौलिहवामा समेत कोण सभा सम्पन्न भएकाले भोली कपिलवस्तुको चार नम्वरमा कोण सभा कार्यक्रम हुने अन्टुक का केन्द्रिय सदस्य केयर सिंह अदैले जानकारी दिनुभएको छ ।