वि.स १९२२ मा दक्षिणी इलामको सोक्तिममा चिया रोप्न सुरु गरियो । सोही ठाउँमा वि.स १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन समेत सुरु गरिएको सो ठाउँ अहिले खण्डहर बनेको छ ।
विराटनगरको जुटमिलभन्दा ५३ वर्ष पुरानो इलामको सोत्तिम चिया कारखाना अहिले खण्डहर बनेको हो । नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो ।
इलामको माई न गरपालिका ९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.सं १९२२ मा सोक्तिममा चिया खेती शुरु गरेका थिए ।
इलाम चिया बगानभन्दा २ वर्ष मात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि मेसिन अयन्त्रै लगिएसँगै अहिले भएका सामग्री पनि हराउन थालेको स्थानीय बताउँछन् ।
आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना पहिलो हो भने दोस्रो माई नगरपालिकाको सोक्तिम हो । एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरिय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै संकटमा छ ।
खण्डहर चिया बगान र कारखाना संरक्षण नभएकाले संघीय सरकारसँग सञ्चालनका लागि जिम्मा दिन नगरपालिकाले माग गरेको माइ नगरपालिका वडा न ९ का वडाअध्यक्ष लिलाकुमार राईले बताए ।
विराटनगरको जुट मिल भन्दा ५३ बर्ष पुरानो औद्योगिक इतिहास बोकेको सोक्तिम चिया कारखाना संरक्षण गरी चियाको अध्ययन गर्ने थलो बनाउनुपर्ने माग छ । १९४० सालमा सोक्तिममा कारखाना स्थापना गरी प्रशोधन थालिएको थियो । इमेजखबरमा समाचार छ ।