कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा दुई जनालाई भर्ना गरिएको छ । उनीहरूलाई आइतबार दिउँसो ३ बजे भर्ना गरिएको हो । भर्ना भएकामध्ये एक जना नेपाली नागरिक र एक जना चिनियाँ नागरिक रहेका छन् ।
अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार भर्ना भएका एक जना नेपाली दक्षिण कोरियाबाट फर्केका हुन् भने अर्का एक चिनियाँ नागरिक हुन् । कोरोना प्रभावित देशबाट फर्किएको र ज्वरो आएको भन्दै आएपछि करिब ३ बजे आइसोलेसनमा राखिएको उनले बताए ।
साथै कोरोना भए नभएको जाँचका लागि नमुना संकलन गरी प्रगोगशालामा पठाएको र नमुनाको रिर्पोट भोलि आउने डा। बास्तोलाले जानकारी दिए । नयाँपत्रीकामा समाचार छ ।