सरकारले कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगन गरेको छ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै, सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगन भएको छ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि फिर्ता बोलाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना हुन लागेकाले मन्त्रिपरिषद् बैठक आइतबार नै गरिएको हो।
– देशसञ्चार