प्रधानमन्त्री ओलीको मिर्गौला प्रयारोपण सफलताका साथ सम्पन्न

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रयारोपण सफलताका साथ सम्पन्न भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान अप्रेसन थिएटरमा राखिएका प्रधानमन्त्री ओलीको उपचार सम्पन्न भएको उपचारमा संलग्न वरिष्ठ शल्यचिकित्सक प्रेम ज्ञवालीले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण सम्पन्न भएको र प्रधानमन्त्री ओलीले मुत्र विसर्जन पनि गरिसकेको चिकित्सक ज्ञवालीले बताए । नयाँपत्रीकामा समाचार छ ।