पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ‘नोबेल कोरोनाभाइरस’कोे आशंकामा ‘क्वारेन्टाइन’मा राखिएको छ ।
इटालियन क्लब युभेन्टसका स्टार खेलाडी रोनाल्डो आफ्नो बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए ।
युभेन्टसका अर्का खेलाडी ड्यानिएल रुगानीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको हो ।
इटालीमा कोरोना संक्रमण विकराल बनेपछि अहिले सिरी ‘ए’लगायतका सम्पूर्ण खेलहरु स्थगित छन् ।
रोनाल्डोलाई पोर्चुगल सरकारले चाहेको बेला इटाली फर्कनसक्ने अनुमति दिइएपनि कोरोना संक्रमणको आशंकापछि क्वारेन्टाइनमा राखिएको हो । (एजेन्सी)