वैज्ञानिकहरुले कोरोना भाइरसको पहिचान गर्ने र त्यसबाट बचाउने औषधि पत्ता लगाएको दावी गरेका छन् ।
कोरोनाको संक्रमणबाट विश्व आक्रान्त भइरहेका बेला हल्याण्डका वैज्ञानिकहरुले कोरोना भाइरस पहिचान गर्ने र त्यसबाट बचाउन सक्ने औषधि (एन्टीडोट) पत्ता लगाएको दाबी गरेका हुन् ।
चिकित्सकहरुको समूहले पत्ता लगाएको भनिएको औषधि मानव शरीरमा भने परीक्षण गर्न बाँकी नै रहेको बताइएको छ । मानव शरीरमा तत्कालै परीक्षण थालिए पनि परिणाम आउन भने महिनौं लाग्न सक्ने बताइएको छ ।
इरास्मस मेडिकल सेन्टर र युट्रेक्ट विश्वविद्यालयका अन्वेषकहरुको संयुक्त टिमले लगातार गरेको अनुसन्धानबाट सार्स–२ को प्रतिरोधात्मक औषधि पत्ता लगाइएको दाबी गरिएको छ ।
उनीहरुले कोरोना भाइरस (कोभिड–१९) लाई सार्स–२ को उपमा दिँदै त्यसलाई कोरोना परिवारको भाइरस भनेका छन् ।
अन्वेषणमा खटेका चिकित्सकहरुले यसअघि विश्वभर देखिएको सार्स महामारी (उनीहरुले त्यसलाई सार्स–१ भनेका छन्) निर्मूल पार्ने औषधि बनाउन पनि काम गरेको बताइएको छ । एजेन्सी