माधव खनाल
प्यूठान – कोरोना भाइरस डिजिज (कोभिड-१९) को लक्षण संग मेलखाने लक्षण भएका एक विरामी भारतको नयाँदिल्लीबाट प्यूठान प्रवेश गरेका छन्। ऐरावती गाउँपालिका दुई नेपानेका चैते दमाइका छोरा काले दमाइ हिजो साँझ नेपाने आइपुगेका हुन्।
विरामी प्यूठान प्रवेश गरेको सुचना लगत्तै जिल्ला प्रसासन कार्यालयले निजलाई क्वारेन्टाइनमा राख्ने उदेश्यले एम्बुलेन्स पठाए पनि उनी भागेकाले उद्दारमा कठिनाइ भएको थियो। आज ऐरावती २ का वडा अध्यक्ष भिमेश कुमार घर्तीमगर लगाएत गाउँलेहरुले सम्झाए पछि आज सपरिवार चेकजाँचका लागि जिल्ला अस्पताल विजुवार पठाइएको छ।
गाउँघरमा भाइरस प्रवेशको हल्लाले यस क्षेत्रका विद्यालयको भोलिदेखिको बाँकि बार्षिकपरीक्षा पालिकाको निर्णयमा स्थगित गरिएको छ। विरामीले प्यूठान प्रवेश गरेपछि केहि नजिकका आफन्तसंग मर्नै परे आफ्नै ठाउँमा मर्छु भनेको कारण पनि निजलाई कोरोना संक्रमण हुन सक्ने शंका रहेको स्थानियले बताए।