कोरोनाभाइरसबाट विश्वभर १० हजार ४९ जनाको मृत्यु, भारतमा पाँचजनाको मृत्यु

news
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को संक्रमणको कारण शुक्रबारसम्म १० हजार ४९ व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि दुई लाख ४६ हजार १७८ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।
संक्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६४६ व्यक्ति हाल संक्रमित रहेका छन् । 
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।
चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको यस कोरोनाभाइरस संक्रमणबाट चीनभरि तीन हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८६७ जना संक्रमित रहेका छन् ।
इटालीमा सबैभन्दा धेरैको मृत्यु
हाल कोरोनाभाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको संक्रमणको कारण तीन हजार ४०५ व्यक्तिको मृत्यु भएको छ ।  हाल ४१ हजार ३५ जना संक्रमित रहेका छन् । चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरान
इरानमा कोरोनाभाइरसको संक्रमणको कारण एक हजार २४८ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ४०७ जना संक्रमित रहेका छन् । पाँच हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।
स्पेन
स्पेनमा कोरोनाभाइरसको संक्रमणको कारण ८३१ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ७७ जना संक्रमित रहेका छन् । एक हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनी
जर्मनी कोरोनाभाइरसको संक्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ । हाल १५ हजार ३२० जना संक्रमित रहेका छन् । ११५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
अमेरिका
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमणको कारण २१७ व्यक्तिको मृत्यु भएको छ ।  हाल १४ हजार ३६५ जना संक्रमित रहेका छन् । १२५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्स
फ्रान्समा कोरोनाभाइरस संक्रमणको कारण ३७२ व्यक्तिको मृत्यु भएको छ ।  हाल १० हजार ९९५ जना संक्रमित रहेका छन् । एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरिया
दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६५२ संक्रमित भएका छन् । दुई हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्वीट्जरल्यान्ड
स्वीट्जरल्यान्डमा कोरोनाभाइरस संक्रमणको कारण ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २२२ संक्रमित भएका छन् । १५ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायत
बेलायतमा कोरोनाभाइरस संक्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २६९ संक्रमित भएका छन् । ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारत
भारतमा हालसम्म कम्तीमा २०१ ओटा कोरोनाभाइरस संक्रमणका घटना देखापरेका छन् । देशभर सयौंको संख्यामा मानिसलाई ’सेल्फ आइसोलेसन’वा ’क्वारेन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणका कारण पाँच व्यक्तिको मृत्यु भएको छ । 
देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भीडभाडमा प्रतिबन्ध लगाएका छन् । तर, विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् ।
पाकिस्तान
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ३०७ पुगेको छ र त्यहाँ संक्रक्रमणबाट दुईजनाको ज्यान गइसकेको छ ।
श्रीलंकामा ६०, अफगानिस्तानमा २२, बंगलादेशमा १४, माल्दिभ्समा १३ ओटा संक्रमण हालसम्म देखापरेको छ । रासस/एएफपी