पर्यटकले भरिभराउ हुने बन्दीपुर बजार यतीखेर सुनसान बनेको छ ।
कोरोना संक्रमणको डरले बन्दीपुर आउने पर्यटक घट्दै गएका हुन् ।
दुई महिना अघि दैनिक सात–आठसयको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु बन्दीपुर घुम्नको लागि आउने गरेकोमा कोरोनाको त्रासले पर्यटकको संख्या घट्दै गएको छ ।
बन्दीपुर बजारमा पर्यटक बढ्दा रातको समयमा समेत चहल पहल हुने गरेको थियो ।
पर्यटकहरु आउन छाडेपछि होटेल ब्यबसायी पनि चिन्तित बनेका छन । व्यावसायीलाई भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउने गरेको छ ।
इमेजखबरमा समाचार छ ।